आमिर आउँदा पारसलाई उपेक्षा
युनिसेफले अमिरलाई दक्षिण एसियाका सद्भावना दूत घोषणा गर्न आयोजित कार्यक्रममा पारसलाई नेपालका सद्भावना दूतको हैसियतमा निम्तो गरिएको थियो । अमिर र पारसले संयुक्त रुपमा युनिसेफको सुनौला १००० दिनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर अमिरलाई मञ्चमा र पारसलाई दर्शकदीर्घामा राखियो ।
सुनौला १००० दिन उद्घाटन गर्ने क्रममा मात्रै पारस मञ्च उक्लिन पाए । उद्घाटनपछि उद्घोषकले उनलाई थोरै मात्र बोल्न भनिन् । पारस एक मिनेट मात्र बोलेर फेरि दर्शकदीर्घामै ओर्ले । त्यसपछि आमिरले आमाको दुधको विषयमा करिव आधा घन्टा प्रबचन दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

