मन्त्री पत्नी सुनन्दाको मृत्युबारे नयाँ खुलासा


एजेन्सी । भारतका पुर्व केन्द्रीय मन्त्री शशी थरुरकी पत्नी सुनन्दा पुष्करको मृत्युको कारणबारे अहिले पनि विभिन्न भ्रम र आशंकाहरु रहँदै आएका छन् ।
तर, उनको मृत्युको बारेमा अनुसन्धान गरिरहेका चिकित्सकहरुको टिमले भने नयाँ खुलासा गरेका छन् । चिकित्सकहरुको रिपोर्टमा सुनन्दाको मृत्युको कारण विष नै रहेको दाबी गरिएको छ ।
एम्स मेडिकल बोर्डका तीन चिकित्सकको टोलीले बनाएको मेडिकल रिपोर्टमा पुनः परिक्षणमा समेत सुनन्दाको शरीरमा विषको अवषेश भेटीएको पुष्टि भएको उल्लेख छ ।
तर, कुन प्रकारको विष प्रयोग गरिएको थियो, त्यो भने रिपोर्टमा खुलाईएको छैन । एम्स मेडिकल बोर्डले यो रिपोर्ट २७ सेप्टेम्बरमा तयार पारेको थियो भने ३० सेप्टेम्बरमा सरोजनी नगर प्रहरी चौकीमा बुझाएको थियो ।
बोर्डले सुनंदा सुतेको ओच्छ्यान समेत जाँच गर्न सुझाब दिएको छ । बोर्डले तयार पारेको रिपोर्टमा उनको मृत्यु अघि मृगौला, मुटु, कलेजो स्वस्थ रहेको उल्लेख छ ।
थरुरले भने नयाँ रिपोर्टका बारेमा मुख खोलेका छैनन् । भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले सुनन्दाको मृत्युका बारेमा शंका व्यक्त गर्दै पुर्व मन्त्री थरुललाई नै दोष लगाउँदै आएका छन् ।
सुनन्दाको यहि वर्ष दिल्लीको एक पाँच तारे होटलको ३४५ नंम्बरको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो ।

, ,

news and entertainment