मायालुलाई खुशी पार्ने पाँच टिप्स
तपाईं आफ्नो प्रेमीलाई असाध्यै माया गर्नुहुन्छ होला । तर, हरेक कुरा उनको लागि मात्र नभई केही आफ्नो लागि पनि गर्नुपर्छ । शरीर र मस्तिष्कलाई आफ्नै नियन्त्रणमा राख्नुपर्छ । कुनै पनि काम प्रेमीलाई खुसी पारेर उनको प्रेम पाउनका लागि मात्र गर्नुहुँदैन । यदि प्रेमी खुसी बनाउन चाहनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस् :
नियमित व्यायाम
स्वास्थ्यवर्द्धक खाना र व्यायाम दैनिक जीवनमा अत्यन्त महत्त्वपूर्ण हुन्छ, तर यसलाई नियमितता दिनुपर्छ । आफैँबाट राम्रो अनुभव गर्न र स्वस्थ जीवन बिताउन व्यायाम गर्नुपर्छ । यदि प्रेमीको लागि मात्र व्यायाम गर्दै हुनुहुन्छ भने समयको खेर फाल्नु मात्र हुन्छ । तपाईंको व्यक्तित्वको कारण तपाईं उनको रोजाइमा पर्नुपर्छ ।
सेभ गर्ने
कुनै प्रेमी शरीरका विभिन्न भागमा रौँ नभएको प्रेमिका भएको मन पराउँछन् । त्यसैले तपाईं आफ्ना प्रेमीलाई खुसी राख्न चाहनुहुन्छ भने आफ्ना शरीरमा रहेका रौँहरू हटाउनुपर्छ। यसले तपाईंको व्यक्तित्वमा निखार ल्याउँछ ।
मन परेको कपडा किन्ने
तपाईं असहज महसुस गर्नुहुन्छ भने नाइटी वा अन्य अर्धवस्त्र किन्नु जरुरी छैन । शरीर ढाक्ने कपडा लगाउन मन पराउनुहुन्छ भने केवल प्रेमीकै लागि भनेर छोटा कपडा किन्न हुँदैन । जे लगाउन चाहनुहुन्छ त्यही लगाउनुस् । तपाईंको प्रेमीले साँच्चै प्रेम गर्छन् भने जस्तोसुकै पोसाकमा पनि तपाईंलाई राम्रै देख्छन् ।
किस गर्ने
आफ्नो अन्तरंग सम्बन्ध बनाउन चाहनु राम्रो कुरा हो । तर, प्रेमीलाई सहानुभूति दिन मात्र यस्तो नगर्नुस् । प्रेमीले कुनै कुरा गर्न दबाब दिए भने त्यसलाई वास्तै नगर्नुस् वा नाइँ भन्नुस् । तपाईंलाई बुझ्न नसक्ने व्यक्ति तपाईंको प्रेमको लायक हुँदैन । सहज वातावरण छ भने प्रेमीलाई किस गर्नुस् ।
हरेक इच्छा बाँड्ने
प्रेमीलाई मन पर्ने टिभी-सो हेर्नु राम्रै कुरा हो, तर यसमा आफूलाई बाध्य बनाउनु हुँदैन । उनको साथमा नहुँदा पनि उनलाई मन पर्ने कार्यक्रम मात्र हेरेर बस्ने बानी गर्नुहुँदैन । यस्तो गर्दा तपाईंको प्रेमीले आफूलाई जे मन पर्छ तपाईंलाई पनि त्यही मन पर्छ भन्ने सोच्न सक्छन् । त्यसैले इच्छाहरू बाँड्ने गर्नुस् ।