वेष्टइण्डिजद्धारा भारत पराजित

 वेष्टइण्डिजले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई १२४ रनले पराजित गरेको छ । यससँगै उसले पाँच एकदिवसीय श्रृखलामा १–० को अग्रता लिएको छ ।
कोच्चीमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको वेष्टइण्डिजले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २१ रन बनायो । उसका लागि स्यामुअलले अविजित १२६ रन बनाए । ११६ बलको सामना गरेका उनले ११ चौका र चार छक्का हानेका थिए ।
दिनेश रामदीनले ५९ बलमा ६१ रन जोडे । रामदीप र श्यामुअलले चौथो विकेटका लागि १६५ रनको महत्वपूर्ण साझेदारी गरे ।
भारतका मोहम्मद सामीले चार विकेट लिए । रविन्द्र जडेजा र अमित मिश्राले १–१ विकेट लिए । भुवनेश्वर कुमार, मोहित शर्मा र सुरेश रैनाले विकेट लिन सकेनन ।
जवाफमा मैदान उत्रिएको घरेलु टोली भारत १९७ रनमा अलआउट भयो । वेष्टइण्डिजको कसिलो बलिङका सामू भारतीय व्याट्सम्यानहरु क्रिजमा टिकेर खेल्न सकेनन् ।
भारतका लागि शिखर धवन ९२ रनमा ६८ रन बनाएर आउट भए । बाहेक अन्य व्याट्सम्यान चल्न सकेनन् । जडेजा ३३ रनमा अविजित रहे भने अजिन्क्या रहानेले २४ रन जोडे । कप्तान महेन्द्र सिंह धोनी मात्र ८ रनमा पभेलियन फर्किएका थिए ।
भारतलाई सस्तैमा समेट्ने क्रममा रवी रामपल, ब्राभो र श्यामुअलले समान २–२ विकेट लिए ।
onlinekhabar.com

,

news and entertainment