कता हरायो रेखाको स्कर्ट ?
नायिका रेखा थापाले स्कर्टलाई विस्तारै माया मार्दै गएकी छिन् । उलले खेलेका पछिल्ला फिल्महरुमा स्कर्ट कमै देख्न पाइन्छ ।
रेखाले एउटा फिल्मको गीतमा लामो लुगा लगाएर नृत्य गरेकी छिन् । सबीर श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’मा रेखा एउटै सिनमा पनि स्कटमा प्रस्तुत भएकी छैनन् ।
कहिले माया स्याड फेस कहिले माया ब्याड फेस…बोलको गीतमा किशोर खतिवडासँगै रेखाले नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ भने प्रल्हाद तिमल्सेना र मिलन अमात्यको स्वर रहेको छ । २५ पुसमा फिल्म रिलिज हुने भएको छ ।

