अर्जेन्टिनामाथि ब्राजिलको शानदार जित, मेसीले गरे पेनाल्टी ‘मिस’ (फोटोफिचरसहित)

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले अर्जेन्टिनामाथि शानदार जित निकालेको छ । तटस्थ स्थल चीनको बेइजिङमा भएको दुई दक्षिण अमेरिकी राष्ट्रहरुबीचको भिडन्तमा ब्राजिल २–० ले विजयी भयो ।

स्पेनिस क्लव बार्सिलोनाका दुई होनहार स्ट्राइकरहरु लिओनल मेसी र नेमारले आ–आफ्नो देशको कप्तानी सम्हालेको खेलमा ब्राजिललेविश्वकप फुटबलको सेमिफाइनलमा बाहिरिएको पीडालाई बिर्सदै उत्कृष्ट खेल पस्केको हो ।

ब्राजिललाई जिताउन दुवै गोल डिएगो टार्डेलीले गरे । खेलको २८औं मिनेटमा पहिलो गोल गरेका टार्डेलीले ६४औं मिनेटमा दोस्रो गोल थपेका थिए ।

गोल गर्ने थुप्रै प्रयास खेर फालेको अर्जेन्टिनाले पेनाल्टीलाई समेत सदुपयोग गर्न सकेन । ४१औं मिनेटमा एन्जल डी मारियाले ‘डी बक्स’मा ‘फल’ खेलेपछि पाएको पेनाल्टीलाई लिओनल मेसीले गोलमा परिणत गर्न नसकेपछि अर्जेन्टिनाले खेलमा फर्किने सुनौलो अवसर खेर फालेको थियो ।

ब्राजिललाई सन्तुलनमा राखेका प्रशिक्षक डुंगाले १८ महिनापछि काकालाई खेल्ने अवसर दिएका थिए । काकाले अन्तिम आठ मिनेट खेलेका थिए ।



,

news and entertainment