दुनियाँको गाली खाएपछि प्रचण्ड पुत्रको गुनासो
शनिबार साँझ प्रचण्ड पुत्रले सार्वजनिक गरेको फेसबुक स्ट्याटसमा प्रचण्ड पुत्रले आफूलाई कसैले बाहून भएर बंगुर पालेको भन्दै आलोचना गरेको छ कसैले औकातनै बंगुर पाल्ने भनेको उल्लेख छ । त्यसैगरी कतिपयले आफूलाई कालो धन सेतो पार्न लागेको छ कसैले राजनीति नफापे पछि बंगुर पाल्न थालेको भनेर टिप्पणी गरेको भन्दै दुःख मनाउ गरेका छन् ।

प्रचण्ड पुत्रले यो समानताको युग भएको भन्दै जातपातको कुरा गर्नेलाई केही जवाफ नभएको भनेका छन् भन् काम गर्दा कोही ठूलो सानो नहुने भनेका छन् ।
त्यसैगरी कालो धन सेतो पार्न खोजेको भन्नेलाई प्रकाशले आफ्नो कुनै कालोधन १ लाख छ भने पनि त्यो प्रमाण ल्याएमा ल्याउने ब्यक्तिलाई नै दिने चुनौती समेत दिएका छन् ।
आफू पार्टीमा लागेर केही नपाएको गुनासो गर्दै प्रकाशले कृषिमा लाग्नेलाई सम्मान गर्न सिक्नु पर्ने समेत बताएका छन् ।