‘काठमाडौँका ६६ प्रतिशत बालबालिका अश्लिल फोटो र ब्लु फिल्म हेर्छन्

काठमाडौँ उपत्यकाका ६६ दशमलव ६ प्रतिशत बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने गरेको एक अनुसन्धानले देखाएको छ । 


बालबालिकाको अधिकारका क्षेत्रमा कार्यरत संस्था सिविनले पछिल्लो समय गरेको अध्ययनअनुसार उपत्यकाका ७४ प्रतिशत बालिका र ९१ प्रतिशत बालकले इन्टरनेटको प्रयोग गर्ने गरेको देखियो । सिविनका कार्यक्रम व्यवस्थापक भरत अधिकारीले सूचना प्रविधिको बढ्दो प्रयोग र इन्टरनेटको सहज पहुँचका कारण बालबालिकाले त्यस्ता साइट हेर्ने गरेको बताउँदै यसले बाल अपराध समेत गराएको उल्लेख गरे ।

अन्तर्राष्ट्रिय बालिका दिवसका सन्दर्भमा सार्वजनिक गरेको सो प्रतिवेदनअनुसार सन् २०१३ मा ४६५ बलात्कार र यौन दुव्र्यवहार घटनामध्ये ३७१ घटना बालिकामाथि भएको थियो । जसमा २३ दशमलव ४४ प्रतिशत घटना १० वर्षमुनिका बालिकामाथि भएको थियो भने एक प्रतिशत ९३ प्रतिशत घटनामा बलात्कारपछि हत्या गरिएको थियो । यसैवर्ष आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या ५१ रहेको छ ।

यस्तै नेपालमा ९५ प्रतिशत बालिका घर, शैक्षिक संस्था, कार्यस्थल र अन्य ठाउँमा विभिन्न यौनजन्य दुव्र्यवहारमा पर्ने गरेको देखिएको छ ।  रासस

,

news and entertainment