पुर्वयुवराज पारस शाह बैंककमा फेरी पक्राउ
पुर्वयुवराज पारस शाह अवैध लागूऔषध कारोबार गरेको अभियोगमा फेरी पक्राउ परेका छन् । थाइलेण्डमा अवैध लागु औषध प्रयोग गरेको अभियोमा गाडीसहित शाहलाई पक्राउ गरिएको बैंककबाट प्रकासित हुने समाचारहरुले जनाएका छन् । बुधबार केही लागु औषधसहित पक्राउ परेका शाहलाई हत्कडीसहित थाई प्रहरीले सार्वजनिक गरेको छ । सामन्य
थाई भाषाको पत्रिका ‘खाई न्युजले जनाए अनुसार पारसका साथबाट सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको छ । उनीसँग केही गाँजा पनि बरामत गरेको समाचारहरुले जनाएका छन् । उनलाई थाई प्रहरीले अबैध लागु औषध मुद्दा लगाउने तयारी गरिरहेको छ ।

