रेफ्रीलाई बलले हिर्काउँदा फुटबल खेलाडीलाई ५० वर्ष प्रतिबन्ध



काठमाडौं, कार्तिक १६ – स्वीटजरल्याण्डको चौंथो डिभिजन क्लबका एक खेलाडीलाई रेफ्रीको अनुहारमा बल प्रहार गरेको र पानी छर्केको आरोपमा ५० वर्ष प्रतिबन्ध लगाइएको छ ।   स्वीस पत्रिका ब्लिकका अनुसार यस्तो अनौठो प्रतिबन्ध पाउने खेलाडी पर्चुगल फुटबल क्लबका डिफेन्डर रिकार्डो फरेर हुन् । स्थानीय बर्न लिगमा एससी वोर्बको हातबाट १–० को पराजय भोगेपछि क्रुद्ध बनेका रिकार्डोले खेल सकिएपछि रेफ्रीको मुखमा बलले प्रहार गर्दै अपशब्द बोलेका थिए । पछि रेफ्रीमाथि पानी पनि खन्याएका थिए । यद्यपि, रिकार्डोले भने खेल खेलेका थिएनन् । उनी अतिरिक्त खेलाडीका रुपमा रहेका थिए ।

 रिकार्डोले यसअघि पनि प्रतिद्वन्द्वी खेलाडीमाथि आक्रमण गरेको आरोपमा ४५ खेलमा प्रतिबन्ध भोगिसकेका छन् ।   स्वीटजरल्याण्ड अमेचुअर फुटबल लिगका वकिल रोबर्ट ब्रेइटरले लिगमा रिकार्डो जस्ता खेलाडी नचाहिने स्पष्ट पारेका छन् ।   उता, रिकार्डो भने यस निर्णयबाट स्तब्ध छन् । उनले भने, ‘मलाई लागेको थियो दुई वर्षको प्रतिबन्ध हुन्छ । तर, ५० वर्ष ? फुटबल मेरो जीवन हो ।’   यस प्रतिबन्ध पछि उनी अब ५ जुन, २०६४ मा मात्र फुटबल खेल्न पाउनेछन् । उनी त्यतिबेला ७८ वर्षको हुनेछन् ।


www.ratopati.com

,

news and entertainment