ल हेर्नोस यो हो कैदी बस्ने पाँचतारे जेल (फोटोफिचर)

                                 5 star

हामीमध्ये धेरैले पाँचतारे होटल, पाँचतारे स्कुल, पाँच तारे हस्पिटलको बारेमा सुनेका–पढेको अथवा देखेको हौँला तर के तपाईंले अहिलेसम्म पाँचतारे जेलको बारेमा सुन्नुभएको छ ? तपाईंमध्ये सायद धेरैलाई यो कुरा नौलो लाग्यो होला । आउनुहोस्, आज हामी तपाईंलाई संसारको एकमात्र पाँचतारे जेलको बारेमा जानकारी दिँदै छौँ ।


अष्ट्रियास्थित ‘जस्टिस सेन्टर लियोबेन’ नामक यो जेल निकै चर्चित आर्किटेक्ट जोसेफ होहेसिन्नद्वारा डिजाइन गरिएको हो । सन् २००५ मा सुरु गरिएको अष्ट्रियाको पहाडी इलाका लियोबेनमा रहेको यो जेलमा २०५ कैदीहरुलाई खान–बस्नका लागि अति उत्तर व्यवस्था मिलाइएको छ ।







यो जेलमा कैदिहरुलाई ती सबै सुविधाहरु दिइएको छ जुन आधुनिक समयको माग हो । यहाँ स्पा, जीम, थुप्रै प्रकारका इन्डोर गेमको सुविधाहरु उपलब्ध गरिएको छ । यो जेलको सेल साधारण सेलभन्दा भिन्न छ । प्रत्येक सेलमा एक पर्सनल बाथरुम, एउटा किचन तथा एउटा लिभिङ रुम छ जसमा टिभीको सुविधा पनि दिइएको छ । यसका साथसाथै रुममा एउटा फुल साइजको झ्याल पनि रहेको छ जसले बाहिरको बाल्कोनी खोल्ने गर्दछ । त्यहाँबाट बाहिरको दृश्य पनि मज्जाले हेर्न सकिन्छ ।


जेलमा हरेक सेक्सनको बाहिर घुम्नका लागि खुल्ला ठाउँ पनि दिइएको छ जहाँ कैदि बिहान–बेलुकाको ताजा सास लिन सक्छन् । यो जेलको अर्को भागमा कानुनसँग सम्बन्धित कामहरु हुने गर्दछ जसलाई साधारण मानिसहरुका लागि खुल्ला गरिएको छ । मानिसहरु यो भागमा गएर जेलको भित्रको दृश्य मज्जाले हेर्न सक्छन् ।


उक्त जेलको परिसरमा दुईवटा शिलालेख रहेको छ जसमा पहिलो शिलालेखमा लेखिएको छ – ‘सबै मानिसहरु स्वतन्त्र जन्मेका हुन्छन् र उनीहरु सबैको बराबरको इज्जत र बाँच्न पाउने अधिकार रहेको हुन्छ’ । यो शब्द अमेरिकाको स्वतन्त्रको घोषणा पत्रबाट साभार गरिएको हो । यस्तैमा अर्को शिलालेखमा लेखिएको छ – ‘ प्रत्येक व्यक्ति जो स्वतन्त्रताबाट बञ्चित छन्, उनीहरुसँग पनि जन्मजात गौरव र सम्मानका साथ मानवीय व्यवहार गर्नु आवश्यक छ ।’ (एजेन्सी)

www.ratopati.com/2014/11/19/183564.html#sthash.0WvJti2p.2TEfPar5.dpuf

,

news and entertainment