गुप्ताङ्गको दुर्गन्धबाट पार पाउने घरेलु उपाय

महिलाहरुमा गुप्ताङ्गको दुर्गन्ध एक सामान्य समस्या हो । जिवाणु, यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिएका कारण गुप्ताङ्गमा दुर्गन्धका हुने गर्दछ ।



 गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज महसुस गराउने भएकाले यसलाई हटाउन यथाशिघ्र कदम चाल्नुपर्ने हुन्छ ।

 गुप्ताङ्गमा दुर्गन्धका कारणहरुः

 १. यिस्टको संक्रमण
 २. गोनोरिया
 ३. अत्यधिक गुलियो भएको खानेकुरा खानाले
 ४. पेल्भिक इन्फ्लेमेटरी रोग
 ५. यौन रोग
 ६. सफाइमा कमी
 ७. बास्नादार र छालाका लागि कठोर साबुनको प्रयोग

 घरेलु तरिका

 १. प्रशस्त पानी पिउनुहोस्ः गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।

 २. दहिः दहि खानाले गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सकिन्छ । यसमा ल्याक्टोबेसिलसको मात्रा अधिक हुने भएका कारण गुप्ताङ्गको पीएचलाई सन्तुलनमा राख्ने गर्दछ ।

 ३. मेथीः दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाउनुहोस् । अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउनुहोस् । यो तरिकालाई दुई हप्तासम्म अपनाउनुहोस् । मेथीले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै धेरै सहयोग गर्दछ । यदि यसलाई नियमित रुपमा पिउने गरेमा यसले महिलाको हर्मोन स्तरलाई सुधारेर नियमित महिनावारी हुन मद्दत गर्दछ ।

 ४. लसुनः लसुनको ताजा लेप बनाएर गुप्ताङ्गको छेउमा लगाउनुहोस् र यसलाई ८–१० मिनेट यत्तिकै छोड्नुहोस् र त्यसपछि नुहाउनुहोस् । लसुनले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै मद्दत गर्दछ ।

 ५. निमको पानीः केहि निमको पातलाई पानीमा उमाल्नुहोस् । चिसो भइसकेपछि यो पानीले गुप्ताङ्ग धुनुहोस् । तपाईं निमको तेल पनि प्रयोग गर्नसक्नुहुनेछ ।

 ६. अमलाः अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने गर्नुहोस् ।

 ७. अमिलो फल खानुहोस्ः सुन्तला, कागती, अंगुरजस्ता अमिलो फल खानुहोस् । यसमा भिटामिन सी प्रचुर मात्रामा हुने गर्दछ जसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ र शरिरभित्रको अनावश्यक विषहरुलाई हटाउन मद्दत गर्दछ ।

,

news and entertainment