सलमानको बिगबोसमा हलिउड अभिनेत्री किम कदार्सिन पाहुना ?


मुम्बइ । सलमान खानले संचालन गरिरहेको आठौं संस्करणको ‘बिग बोस’ मा हलिउड अभिनेत्रीको आगमन हुने सम्भावना बढेको छ । विभिन्न भारतीय समाचार सस्थाहरुले जनाएअनुसार हलिउडकी रियालिटी टिभी स्टार किम कदार्सिन ‘बिग बोस’ को घरमा पाहुना बनेर आउने सम्भावना बलियो भएको छ ।

 बिग बोसले आफ्नो पहिलो संस्करणमा पनि विदेशी पाहुनाको स्वागत गरिसकेको छ । पामेला एण्डरसन र जेड गुडीमध्ये एकको पनि आउने सम्भावान उत्तिकै रहेको भारतीय समाचारले उल्लेख गरेका छन् । समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार बिग बोसमा आउने सम्भावना सबै भन्दा धेरै किमकै छ ।

किमसँग कुरा समेत भइसकेको छ । तर, मात्रै बाकी छ ‘उनलाइ स्पेशल गेष्ट मात्रै बनाउने कि केही एपीसोडमा संगै लिएर जाने भन्नेमा निर्णय गर्न ।’ किमले भारत आउन रुची देखाएको भारतीय समाचार संस्थाले दाबी गरेका छन् ।

 http://www.onlinekhabar.com/2014/11/206927/#sthash.2zk9Bt5X.dpuf

,

news and entertainment