राष्ट्रपति र प्रधानमन्त्रीले त ग्याँस सिलिन्डर पाएनन्, सर्वसाधरणले के पाउलान् ?
२२ पुस, काठमाडौं ।
राष्ट्रको उच्च पदमा बसेका दुई व्यक्ति प्रधानमन्त्री शुसील कोइराला र राष्ट्रपति निवासमा ग्याँसको चरम अभाव भएको छ ।
देशको बागडोर सम्हाल्ने व्यक्तिको भान्सामा ग्याँस नभएपछि चुल्हो बल्न छाडेको खबर पहिलोपोस्टले छापेको छ ।
राष्ट्रपति कार्यालयले ग्याँस कम्पनीको नाममा पत्र लेखेर पत्र बाहकलाई दुई सिलिन्डर खाना पकाउने ग्यासँ उपलव्ध गराइदिन आग्रह गरेको छ भने प्रधानमन्त्री निवासमा ग्याँसको अभावमा प्रधानमन्त्रीले तातोपानी समेत खान पाएका छैनन् ।
एजेन्सी
