उत्तर प्रदेशका मूख्यमन्त्रीले ‘पीके’ हेर्दा मुद्धा दायर


काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवविरुद्ध मुद्धा दायर भएको छ ।

आमिर खान अभिनित चलचित्र ‘पिके’ डाउनलोड गरेको अभियोगमा एक सामाजिक संगठनले मुद्धा दायर गर्न माग गरेको हो । सत्तारुढ समावजादी पार्टीले मूख्यमन्त्रीको सो कार्यले समाजमा राम्रो सन्देश नजाने भन्दै निन्दा गरेका छन् ।

स्थानीय स्वयंमसेवी संगठन तहरीरका अध्यक्ष संजय बर्माले मूख्यमन्त्रीले चलचित्र डाउनलोड गर्नु कपिराइट कानुनको उल्लंघन गरेको आरोप लगाएका छन् । उनलाई हदैसम्मको कारवाही हुनुपर्ने बताएका छन् ।

केही समयअघि मूख्यमन्त्रीले पीकेलाई करमुक्त गरेको घोषणा गर्दै सबैलाई हेर्न आग्रह गरेका थिए । साथै उनले मैले चलचित्र डाउनलोड गरेर हेरेको स्वीकारेका छन् । एजेन्सीको सहयोगमा

,

news and entertainment