३ हजार फीटमाथि चट्टानमा १० दिन झुण्डिएर …..





काठमाडौं, चट्टानहरूमा चढ्ने कुरा त तपाइँ हामी सबैले यस अघि पनि देखेका नै छौं र सुनेका पनि छौं । डेली मेलको एक रिपोर्ट अनुसार क्यालिफोर्निया स्थित योसमाइट नेशनल पार्कमा भने संसारकै सबैभन्दा कडा रक क्लाम्बिङ गर्नका लागी चट्टान रहेको छ । ३६ बर्षक टमी कोल्डवेल र उनका ३० बर्षीय साथी कीवन जोर्गसन ३००० फुटको उक्त सिधा र लामो चट्टानलाइ पार गर्ने बाटोमा दुबैले आधा बाटो सम्म पार गरेका थिए ।

यो पुरै चट्टान ग्रेनाइटको हो । यति लामो यात्रा पुरा गरेपनि उनीहरूसंग बस्नका लागी ठाउँ त बनाउनु नै पर्यो । त्यसपछि उनीहरूले उक्त सिधा उभिएको चट्टानमा बस्ने ठाउँ बनाएर रात बिताउने बिचार गरे ।

उनीहरूले झुण्डीरहेको घर बनाए

चट्टानमा चढ्नका लागी उनीहरूसंग एउटै बाटो थियो, ठाउँ ठाउँमा रोकिएर त्यहाँ केही बिश्राम गर्ने । यसपछि दुबैले यो काम गरे ।

१० दिनको यात्रामा उनीहरू एउटै पहाडमा ३२ ठाउँमा रोकिए र उक्त चट्टानको पहाडमा बनाए टेन्टको घर । दायाँ बायाँ सबैतिर उनीहरू चट्टानबाट घेरिएका थिए । उनीहरूले यस क्रममा निकै मेहनतका साथ उक्त सिधा चट्टानको बिचमा टेन्ट सेट गरे ।

उनीहरूको यो पुरै कामलाइ टम ईवन्‍स नामका फोटोग्राफर र ब्रेट लोवेल नामका फिल्मनिर्माताले पुरै शुट गरे । ती दुइ युवाले बताए अनुसार निकै उँचाइमा पुग्दा पनि उनीहरू आरामका साथमा फेसबुक, ट्विटर गर्न सक्षम रहेका थिए । अहिले उनीहरूको यस कारनामाको फोटोहरू सामाजिक सञ्जालहरूमा निकै भाइरल भएका छन।एजेन्सी

,

news and entertainment