मोदीको पार्टी नेपालललाई हिन्दुराष्ट्र राख्न प्रतिबध्द

४ फागुन, काठमाडौ ।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध सत्तारुढ दल भारतीय जनता पार्टी ( बिजेपी ) का शिर्ष नेतृत्वले नेपालमा सनातन हिन्दु राष्ट्र हटाउन षडयन्त्र भएको भन्दै कुनै पनि हालतमा नेपालबाट हिन्दु राष्ट्र हटन नदिने प्रतिबद्धा जनाएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतत्वमा नेपाल आएका उच्च स्तरीय भारतीय जनता पार्टीका शिर्ष नेतृत्वले यस्तो प्रतिबद्धता जनाएको हो ।



नेपालमा पछिल्लो पटक धर्मनिरपेक्ष संस्थागत हुन नसकिरहेको र हिन्दु राष्ट्र निर्माणको अभियान तिब्र भइरहेको बेलामा भारतीय प्रधानमन्त्री आवद्ध सत्तारुढ भारतीय जनता पार्टी ( बिजेपी )का उच्चस्तरीय राजनितिक नेतृत्वको नेपाल आगमन र नेपाललाई हिन्दु राष्ट्र स्थापनामा देखिएको प्रतिबद्धतालाई नेपालको राजनितिमा महत्वका साथ हेरिएको छ ।

शिवरात्रीको पूर्वसन्धयामा सोमवार पशुपति क्षेत्रस्थित नेपाल भारत सहयोग मञ्चको निमन्त्रणमा आयोजित उदघाटन एवं विशेष समरोहलाई सम्बोधन गर्दे सत्तारुढ भारतीय जनता पार्टी ( बिजेपी ) का केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवीले विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान बोकेको नेपालबाट हिन्दु राष्ट्र हटाउन षडयन्त्र भएको र त्यसलाई कुनै पनि हालतमा हटन नदिन प्रतिबद्धता थियो ।

नेपाल भारत दुई देशको सम्बन्ध सदियौ देखि प्रगाढ रहेको भन्दै पछिल्लो समयमा दुई देशको सम्बन्ध अझ परस्कृत हुदै गएको बताउनुभयो । उहाँले दुई देशको विकासमा सधै सँगै सँगै हातमालो गरेर अघि बढनुको विकल्प नभएकोमा समेत जोड दिएका थिए ।

कार्यक्रममा अन्य भारतीय जनता पार्टीका शिर्ष नेतृत्वले पनि नेपालमा सनातन हिन्दु राष्ट्र कायमै रहनु पर्नेमा जोड थिएका थिए । उनीहरुले नेपालमा हिन्दु शक्ति कमजोर भए त्यसको असर भारत समेत पर्ने भएको हुँदा नेपाल हिन्दु राष्ट्र हुनेमा कुनै शंका नरहेको भनाई थियो ।

कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेर हिन्दु धर्मालम्बीमाथि अन्याय भएको भन्दै नेपाललाई हिन्दु राष्ट्र सापेक्ष मुलुक बनाउनु पर्नेमा जोड दिनुभयो । नेपाललाई हिन्दु राष्ट्र बनाउन जनमत संग्रहमा जानु पर्ने समेत माग गर्नूभयो ।
त्यसैगरी राप्रपाका नेता एवं पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पनि नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनु पर्नेमा जोड दिदै धर्म निरपेक्ष हुन नसक्ने भनाई थियो ।
कार्यक्रममा नेपाल भारत सहयोग मञ्चका सल्लाहकार एव राप्रपा नेपाल सृदृढीकरण अभियानका महामन्त्री श्याम तिम्लिसनाले पनि दुई देशको सम्बन्ध सुधार र हिन्दु राष्ट्र स्थापनामा जोड दिएका थिए ।

कार्यक्रममा अधिवक्ता एव राप्रपा नेपाल सृदृढिकरण अभियानका नेता बालकृष्ण न्यौपाने, नेपाल भारत सहयोग मञ्चका अयक्ष लिलानाथ ढकाल लगायत हिन्दु राष्ट्र पक्षधरहरुले नेपालमा हिन्दु राष्ट्र स्थापना गर्न भारतीय सत्तारुढ पार्टी बिजेपीको सहयोग र सर्मथनको अपेक्षा रहेको भनाई थियो ।

सत्तारुढ भारतीय जनता पार्टी ( बिजेपी ) का केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतृत्वमा वरिष्ठ नेता बिजय जोली, बिहार बिधानसभा सदस्य प्रमोद कुमार, सचिन्द्रप्रसाद सिंह, झारखण्ड बिधानसभा सदस्य डाक्टर जिशिराम मला लगायतका उच्चस्तरीय नेताहरुले सम्बोधन गरेका थिए ।

news and entertainment