सास हुँदासम्म हिन्दु धर्मकालागि लड्छु –खुमवहादुर खड्का
नेपाली काँग्रेसका नेता खुमवहादुर खड्काले ज्यान गएपनि हिन्दु राष्ट्र बनाएरै छाड्ने बताएका छन्। शुक्रबार दाङको विजौरीमा आयोजित भिष्म स्मृति प्रतिष्ठानको उद्घाटन गर्दे उनले आफ्नो सास रहँदासम्म हिन्दु धर्मको लागि लडिरहने प्रण गरेका हुन्।
उनले भने, 'नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्दा काँग्रेसको झन्डामा रहेको एउटा तारा फाल्नु बरावर हो,' उनले आफू वीपीको सच्चा अनुयायी भएकोले वीपी,गणेशमान, सुवर्ण समशेर, किशुनजी जस्ता अग्रज नेताहरुले नगरेको निर्णय भएकोले त्यसलाई सच्चाउनुपर्ने बताए।
कार्यक्रममा सभासदहरु शिला खड्का,अनिता देवकोटा, सुशिला चौधरी लगाएत काँग्रेसका नेता कार्यकर्ताहरुले सम्वोधन गरेका थिए। जसमा जिल्ला सभापति घनश्याम रेग्मी, यातायात व्यवसायी राष्ट्रिय उपमहासचिव शुरेस हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, पूर्व सांसद गेहेन्द्र गिरी,पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम, काँग्रेस नेता श्याम रेग्मी लगाएतकाले बोलेका थिए।
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ८, २०७१
