सार्वजनिक यातायातको भाडा घट्यो......

काठमाडौँ, २३ माघ । पेट्रोलियम
पदार्थको अन्तर्राष्ट्रिय मूल्य निरन्तर
घटेपछि सरकारले सार्वजनिक
यातायातको भाडा घटाउदै छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन
बुर्लाकोटीले भोली आइतबारदेखि लागू
हुनेगरी सार्वजनिक यातायातको भाडा घटाउने
तयारी भइरहेको जानकारी दिनुभयो ।


पेट्रोलियम पदार्थको मूल्य निरन्तर
घट्दा पनि सवारीसाधनको भाडा नघटेको भन्दै
विद्यार्थी सङ्गठनहरुले आन्दोलन गर्ने
चेतावनी दिएपछि महानिर्देशक बुर्लाकोटीले
सरकारले भाडा घटायने विषयमा छलफल
गरिरहेको बताउनुभयो ।
ज्ञापनपत्रमा विद्यार्थीले सार्वजनिक
यातायातको भाडा घटाउन माग गरेको र
यदि त्यसो हुन नसके आन्दोलन गर्ने
चेतावनी दिएका थिए ।
ज्ञापनपत्रमा डेढ महिनाको अवधिमा डिजेलको मूल्य
प्रतिलिटर रु ६ घटिसकेकोले सार्वजनिक
यातायातको भाडा दरसहितको नागरिक बडापत्र
सार्वजनिक स्थलमा राख्न, यातायात सेवा सुरक्षित
र भरपर्दो बनाउन तथा ४५ प्रतिशत
विद्यार्थी सहुलियत पूर्णरुपले लागू गर्न माग
गरिएको छ । यस्तै, सत्तारुढ दलका विद्यार्थी संगठनले पनि तत्काल भाडा घटाउन माग गरिसकेका छन् ।

news and entertainment