नेपालमा हुदा सेलेनाले गोमेज के के गरिन ? लौ हेर्नुहोस
अमेरिकी नायिका तथा गायिका सेलेना गोमेज अहिले २२ वर्षकी भइन्। ७ वर्षको कलिलो उमेरदेखि नै उनी ग्ल्यामरको दुनियाँमा प्रवेश गरेकी हुन्। सानै उमेरमा सफलताको शिखरमा पुगेकी सेलेनालाई व्यक्तिगत जीवन भनेकै नहुने जस्तो गरी हरेक गतिविधिलाई पापाराजीहरुले पछ्याइरहेका हुन्छन्। यो चमकदमकले दिक्क पार्दो हो नि उनलाई। शायद् त्यसैले यस पटक उनी छुट्टी मनाउन नेपाल आइपुगिन्। तारतम्य मिलाएको थियो युनिसेफले। सोसल मिडियामा फ्यानहरुले उनीसँग खिचेको फोटो हालिदिएर मात्रै हो हल्ला भएको, नत्र उनी नेपाल आएको कुरा गोप्य नै थियो। काठमाडौँमा उनी फोटोग्राफरसित बच्न मुख छोप्दै हिँडिन्। तर गाउँमा उनी निकै दङ देखिन्थिन्। हेरौँ युनिसेफले प्रेस विज्ञप्तिसँगै पठाएका केही फोटोहरु
सेलेना युनिसेफको दूत १६ वर्षकै उमेरमा बनेकी थिइन्। यस पटक युनिसेफले उनलाई नेपालमा दुर्व्यवहार र शोषणबाट पीडित भएर उद्दार गरिएका बालबालिकासित भेट गराएको थियो।
सानै उमेरमा सेलिब्रिटी बनेकी सेलेनालाई चरम गरिबीमा कसरी बालबालिका बाँच्दा रहेछन् भनेर देखिन्। आधारभूत मानवीय आवश्यकता र अधिकारका कुराबाट यहाँका बालबालिका कसरी वञ्चित छिन् भन्ने पनि उनले देखेको बताइन्। नेपाल मात्रै हैन, यसअघि उनी अफ्रिकी देश घाना पनि पुगेकी थिइन्।
भ्रमणको क्रममा उनी दाङको सतबरिया राप्ती माध्यमिक विद्यालय पुगेकी थिइन्। त्यहाँ उनी थारु नाचमा रमाइन्। त्यसपछि गंगापारसपुर गाउँको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरिरहेका काम बारे जानकारी लिइन्। उनी हापुर गाउँ पनि पुगिन्।
त्यहाँका बासिन्दालाई सेलेना गोमेज र एउटा अर्की गोरो छाला भएकी विदेशीमा कुनै फरक थिएन। सहरियाहरुमा जस्तो सेलेनाको क्रेज, जस्टिन बिबरसितको गसिप केही थाहा थिएन उनीहरुलाई। त्यसैले सेलेना पनि खुलिन्, झुम्रा नाचिन्, दङ परिन्।।