काठमाडौं, ११ बैशाख – बैदेशिक राेजगारीका लागि नेपाली कामदारहरुका लागि प्रमुख गन्तव्य मानिएका खाडी मूलुकहरूकाे हवाइर् भाडा बढेकाे छ । अायल निगमले हवाइ इन्धनकाे मूल्य बडाएपछि ती मूलुकहरुमा उडान भर्दै आएका एयरलाइन्स कम्पनीहरुले भाडा बढाएका हुन्।
कुन देशका लागि कति लाग्छ भाडा ?
कतारका लागि नेपाल एयरलाइन्सले अहिले २९ हजार ५ सय रुपैयाँ लिन थालेको छ । यसअघि एकतर्फी २७ हजार रुपैयाँ लिँर्दै आएको थियाे । त्यस्तै २९ हजारबाट बढाएर कतार एयरलाइन्सले दोहाका लागि ३५ हजार रुपैयाँ लिने गरेको छ । साउदीका लागि एयर अरेबियाको २६ हजारबाट ३१ हजार ५ सय, युएइको लागि फ्लाई दुबईले २५ हजार ५ सयबाट ३१ हजार ५ सय, साउदीकै लागि इत्तिहादको २६ हजारबाट ३२ हजार र ओमनको लागि ओमन एयरको २७ हजारबाट ३२ हजार निर्धारण गरिएकाे छ ।
nepalnewslive
खाडी मुलुकको हवाइ भाडा बढ्याे, हेर्नुस् : कुन देशको लागि कति ?
news and entertainment