जापानमा नेपाली मोर्दा जापानी प्रहरीको फोन नेपाली दुताबास ले उठाएँन !
मान्छे मर्दा जापानका नेपालीले गुहार पाएनन !!
जापानमा नेपालीहरु केहि समस्या पर्दा कहाँ फोन गर्ने ?
जापानको क्योटोमा एक नेपालीको मृत्यु भएको छ । बागलुङ जिल्ला हरिचौर गाबिस स्थायी घर भई सन् २००८ देखि जापानमा बस्दै आएका ण प्रसाद लोहनीको मृत्यु भएको हो । मृतकका नेपाल मा १ छोरा र ४ छोरि छन् ।
हिजो क्योटो नाग्यो प्रहरी कार्यालयनजिकै रहेको ओफुरो (तातोपानी) मा डुबिरहेको बेलामा मृत भेटिएको जापानी प्रहरीले बताएको छ । मृतक लोहनीको शब अहिले क्योटो नाग्यो प्रहरी कार्यालयमा राखेको जानकारी प्राप्त भएको छ ।
४४ बर्षीय लोहनीको निधनको बारेमा जानकारी दिनका लागि जापानी प्रहरीले ५०औ पटक नेपाली दुताबास जापानमा सम्पर्क गर्दा फोन नउठेको जापानी प्रहरीको भनाई छ , र प्रहरीले गल्कोट समाज को प्रतिनिधि ले सम्पर्क गर्ने क्रम मा आक्रोश पोखेको छ के हो नेपाल एम्बिसी को फोन ५०औ पटक गर्दा पनि उठ्दैन किन ?
स्मरण रहोस यस्तै समस्या यस भन्दा पहिले नागोया मा मृत्यु हुनु भएका रेशम बहादुर थापा को बुझ्ने क्रम मा पनि भएको थियो । सो क्रम मा सम्बन्धित हस्पिटल ले नेपालि दुताबास मा पटक पटक फोन गर्दा सम्पर्क नभए पछि एन आर एन का अध्यक्ष ले दुताबास प्रमुख को मोबाइल मा सम्पर्क गरेका थिए ।
जापानमा नेपालि हरु को प्रमुख हैरानी वा समस्या दुताबास को फोन नउठ्नु रहेकोछ, यसै कारण नेपालिहरु चिन्तित छन् । एक केहि आबस्यक पर्दा फोन गर्ने ठाउ अभिबाबक नै नेपालि दुताबास हो हाम्रो लाइ भने अर्को अहिले अनिबार्य परिबर्तन गर्नु पर्ने MRP पासपोर्ट बनाउनु पर्ने भएको ले यो पटक नेपालि हरु को फोन गर्ने क्रम केहि बढेको चाहि हो तर त्यो भन्दै मा अबिभाबक ले नै अभिबाबक्त्तो बहन गर्न नसक्नु ठुलो कमजोरी देखिन्छ र त्यो बारे सम्बन्धित पक्ष लाइ बुझ्दा गैर जिम्मेबार पूर्ण जवाफ आउनु हामि नेपालि हरु लाइ दुख को कुरा हो । आखिर किन दुताबास नेपालिहरु संग बाट सम्पर्क बिहिन हुदैछ, आखिर के गर्दै छ त दुताबास र यसका जिम्मेबार व्यक्तिहरु ? यो सबै को कौतुहलताको बिषय बनेको छ ? तर जानकारहरु का अनुशार दुताबाशका प्रमुख व्यक्तिहरु टोकियोमा हुने सानो सानो कार्यक्रम रेस्टुरेन्ट ओपन पार्टी, कक्टेल पार्टी, या व्यक्तिगत रुपमा कसैले राखेको चियापानहरु मा बाक्लै भेटिने गरेका छन साथमा बिभिन्न सस्था हरु ले गर्ने साना साना कार्यक्रम मा प्रमुख अतिथि रुपमा पानाश बाल्लं को लागि देखिने नेपालि दुताबाशका प्रमुख नेपालीहरु को यो समस्या को बारेमा बुझ्न खोज्दा सामान्य भएको जनाउछन ।
यता प्रहरीले फोन गर्दा सम्पर्क हुन नसकेपछि गल्कोट समाजमा संलग्न ब्यक्तिहरुले गर्दा पनि सम्पर्क हुन नसकेकोपछि आक्रोशित भएका नेपालि गरु पछिल्लो जानकारी अनुशार दुताबासको जिम्मेबार व्यक्तिको मोबाइल मा सम्पर्क गरि घटनाको बारेमा जानकारी गराएर प्रक्रिया अगाडी बढाएको कुरा बुझिएको छ । अहिले नेपालि दुताबास बाट नेपाल सम्पर्क गरि प्रशासनिक कार्य अगाडी बढाएको बुझिएको छ ।