आजको रशिफल : आज मिति वि.सं. २०७१ फाल्गुन ०५ गते महाशिबरात्री

वि.सं. २०७१ फाल्गुन ०५ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ फेब्रुवरी १७ तारिख....
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले आज तपाईंले
दिन बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र
कृषकले आज अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै
लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज
राम्रो हुन्छ । बेलुकाको वास वा खानपीन
घरपरिवारभन्दा बाहिर हुने सम्भावना समेत छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिक्क र झर्कोलाग्दो यात्राको सम्भावना छ ।
चिताएको काममा सफलता आर्जन हुने छैन । मन
नपरेका साथीभाइसित भेटघाट हुनुका साथै तिनले
अपमानित गर्नसक्ने सम्भावना छ । दाजुभाइ र
दिदीबहिनीले कामधन्दामा सहयोग गर्ने छैनन् । धन,
धर्म र भाग्यबलमा ह्रास आएको अनुभूति हुनेछ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने
योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय
भोग्नु पर्ने अवस्था आउला । अनावश्यक
यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ ।
आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।
नातेदारले अपमानित तुल्याउन सक्छन् ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे
नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले
आज राम्रो आर्थिक लाभ गर्नेछन् । आज प्रायः सबैले
प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् ।
आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ ।
व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ,
चिताएभन्दा बढी कमाउने योग छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क,
बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ
दिनेछन् । कुनै कुरामा विचलित नभई
लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ ।
कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ,
संयमता अपनाउनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क
१ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय
नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा गरेको मिहिनेत
खेर जान सक्छ । सन्तति पक्षको क्रियाकलापले
नैराश्यता उत्पन्न हुनेछ । बन्धुबान्धवले
तपाईंका नकारात्मक धारणालाई बढावा दिनेछन् ।
खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर पाचन
प्रणालीमा आएको खराबीले तपाईंलाई निराश
तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस
मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक
रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन
बिताउने छन् । आकस्मिक
रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।
छोराछोरीको स्वास्थ्य एवं
पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
मातापितासँगको सम्बन्धमा समेत निराशा भाव
आउनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग
नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ मृत्युञ्जयाय नमः यस
मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ ।
विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ ।
आज दार्शनिक र आध्यात्मिक
विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने
सम्भावना समेत छ । व्यावहारिक र सामाजिक
जिम्मेबारी थपिनेछ । आजका लागि शुभअङ्क ५ र
शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमो भगवते
वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यमा थोरै नकारात्मकता देखिनसक्छ,
मौसमी रोगबाट जोगिनु होला । भौतिक
साधनको किनमेल गर्दा लाभ हुने देखिंदैन ।
मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च हुनेछ ।
कुटुम्बपक्ष र दिदीबहिनीलाई सन्तुष्ट पार्न
धौधौ हुन्छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन
सकिने छैन । कार्यमा बिलम्ब हुनेछ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ
कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन
योजना बनाउने दिन हो । शरीरमा उत्साह, उमंग र
स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने
योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल
छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट
राम्रो आर्थिक उपार्जन हुने योग छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र
विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित
हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न
धन खर्च हुनेछ । मातापिता र अभिभावक
वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र
मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं
बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त
फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।
श्रमको उचित मूल्याङ्कन होला ।
पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला ।
नयाँ ज्ञान प्राप्त हुने योग छ ।
आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं
बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

news and entertainment