हिन्दु धर्मको रक्षामा आन्दोलनमा आउनेलाई खुमबहादुरले खर्च दिने
February 21, 2015
दाङ । नेपाली काँग्रेसका नेता खुमवहादुर खड्काले हिन्दु राज्यका पक्षमा आँफुले जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । दाङको बिजौरीमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले हिन्दु राज्य घोषणाकै लागि आगामी चैत्र देखि ठूलो आन्दोलनको सुरुवात गर्ने बताए ।
उनले भने ′तरुण युवा साथीहरु जस्तोसुकै त्याग पनि गर्न सक्छु भनेर आन्दोलनमा लाग्नुस्,तपाईहरुलाई मैले के गर्नुपर्छ सवै गर्छु।′
खड्काले आन्दोलनका लागि काठमाडौँ आतेजाते भाडाको व्यवस्था आँफैले गरिदिने समेत बताए। खड्काले आफ्नो अभियानबाट कदापी घुँडा नटेक्ने बताए ।
उनले हिन्दु राज्य घोषणाका लागि आँफू सिद्धिन तयार रहेको प्रष्ट पारे। खड्काले भने ′मैले हिन्दु राज्यको लागि जुन अभियान सुरु गरेँ,यसबाट म पछि हट्दिन,यात म सिद्धिन्छु, यात काम फत्ते पार्छु।′ आजको नागरिकमा समाचार छ ।
