दुर्घटना
»
तीनकुनेमा बसले दियो एकचोटि तीन मोटरसाइकललाई ठक्कर, तीन घाइते
तीनकुनेमा बसले दियो एकचोटि तीन मोटरसाइकललाई ठक्कर, तीन घाइते
२०७१ फाल्गुन १५ शुक्रबार
काठमाडौं : नेपाल यातयातको बसले तीनकुने चोकमा सडकमा गुडिरहेका तीनवटा बाइकलाई ठक्कर दिएको छ।
कोटेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा २ ख ४८४१ नम्बरको बसले दुईवटा बाइक र एउटा स्कुटीलाई ठक्कर दिदा तीनजना घाइते भएका छन्। बसले बा ५६ प ५६६२ नम्बरको पल्सर बाइक, बा ५८ प ३०९१ को स्कुटी र बा ५५ प१३२१ नम्बरको इन्टाइसर बाइकलाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि बाइक र स्कुटी सडकमा चालकसँगै ढलेका थिए। बसको ठक्करबाट प्रेम लामा, बिपीन केसी र अम्बिका केसी सामान्य घाइते भएका छन्।
तीनकुने र कोटेश्वरबीचको मुनि भैरवनजिकै दुर्घटना भएको हो। ट्राफिक प्रहरी वृत्त कोटेश्वरका प्रमुख निरीक्षक पोषण ढकालअनुसार नेपाल यातयाताको बस र चालकलाई थुनामा राखिएको छ। बसका चालकको लाहपरवाहीका कारण दुर्घटना भएको ढकालले बताए।