५७ वटै जिल्ला प्रशासन एमाओवादी मोर्चाको कब्जामा !

February 15, 2015
नेपाल सन्देश डेस्क, काठमाडौं । एकीकत नेकपा माओवादीको ३० दलिय मोर्चाले आईतबार मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् ।

सहमतिमा नै संबिधान जारी गर्नुको साटो प्रक्रियाबाट जबरजस्ती संबिधान निर्माण गर्न लागीएको भन्दै मोर्चाले प्रशासन कार्यालय घेराउ गरेका हुन् । मोर्चाद्धारा यसअघि नै घोषित आन्दोलनकाको कार्यक्रम अनुसार मोर्चाका नेता तथा कार्यकताहरुले प्रशासन कार्यालय घेराउमा सहभागी भएका थिए ।


मोर्चाले पहिचान सहितको संघियता तथा संघियताको सहितको संबिधान सहमतिकै आधारमा निर्माण हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् । मोर्चाको बिरोध प्रर्दशनका कारण केहिवेर प्रशासन कार्यलय क्षेत्रको वातावरण अस्तव्यस्त भएको थियो ।

जिल्ला प्रशासनमा काम लिएर आएका सर्वसाधारणको कुनै पनि काम हुन सकेन भने कर्मचारीहरु पनि कार्यलय प्रवेश गर्न पाएनन् ।

सत्तारुढ दल एकलौटी ढंगले संबिधान निर्माणमा लागेको र बिपक्षीहरुलाई संबिधान लेखन कार्यवाट पाखा लगाउन खोजेको भन्दै मोर्चाले चरणवद्ध आन्दोलन गर्दे आएको छ ।

आन्दोलनको कार्यक्रम अन्तर्गत मोर्चाले आगामी फाल्गुन १६ गते काठमाडौमा बिशाल जनपर्दशन समेत गर्ने जनाएको छ ।

उक्त शक्ति प्रर्दशनमा १ जना बराबर २० जनाले आफ्ना नातेदारहरूलाई लिएर सहभागीता जनाउन एकीकृत माओवादी अध्यक्ष प्रचण्डले यसअघि नै कार्यकर्ताहरुलाई निर्देशन दिईसकेका छन् ।

news and entertainment