अभिनेता अर्जुन रामपाल पक्राउ....

मुम्बई । भारतीय अभिनेताहरु विभिन्न
काण्डमा एकपछि अर्को गरी जेल
गइरहेका बेला अर्का अभिनेता पनि पक्राउ परेका छन्

भारतीय चलचित्र बजार
बलिउडमा सेक्सी हिरोका रुपमा चिनिने अर्जुन
रामपाललाई मुम्बई प्रहरीले अण्डरवल्र्ड डनलाई
भेटेको भन्दै पक्राउ गरेको हो ।
आउने हप्ता उनको चलचित्र ‘राँय’
प्रदर्शनको तयारीमा छ । अहिले उनले
चलचित्रको प्रमोशनमा हुनपर्ने भएपनि प्रहरीले
पुछपाछका लागि हिरासतमा राखेको भारतीय
सञ्चारमाध्यमले जनाएका छन् । रामपाललाई मुम्बई
प्रहरीले पक्राउ गरेको हो ।


दरअसल र अर्जुन रामपाल ने
पछिल्लो महीना प्रहरीको अनुमति नलिएरै
अण्डरवल्र्ड डन अरुण गावलीलाई भेटेका थिए ।
भारतमा प्रहरीको अनुमतीविना अपराधिलाई भेट्न
निषेध गरिएको छ । तर त्यो नियम तोड्दै रामपालले
अण्डरवल्र्ड डनलाई भेटेपछि उनलाई प्रहरीले पक्राउ
गरेको जनाइएको छ ।
अण्डरवल्र्ड डनलाई किन भट्यो भन्ने विषयमा उनीसंग
मुम्बई प्रहरीले स्पष्टिकरण लिइरहेको छ । जेलामा कैद
भुक्तान गरिरहेका अण्डरवल्र्ड डनलाई रूटीन
चेकअपका लागि प्रहरीले मुम्बईको जेजे हॉस्पिटल
लगेको थियो ।
त्यसैबेला अभिनेता रामपालले अण्डरवल्र्ड डन अरुण
गावलीसंग भेटघाट गरेका थिए । डनसंग भेटेको खबर
पाएपछि मुम्बई प्रहरीले अभिनेतालाई पक्राउ
गरी अनुसन्धान सुरु गरेको थियो ।

news and entertainment