इक्वेडरमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २ सय ३५ पुग्यो
ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ । भूकम्पका कारण १५ सय भन्दा धेरै मानिस घाइते भएको इक्वेडरका अधिकारीले बताएका छन् ।
इटाली भ्रमणमा रहेका इक्वेडरका राष्ट्रपति राफेल कोरेए भूकम्प गए लगतै स्वदेश फर्केर राष्ट्रिय आपतकालको घोषणा गरेका थिए । तत्कालका लागि भूकम्पमा परेर जीवित रहेकाहरुको खोजीलाई प्राथमिकता दिइने उनले बताएका छन् । भूकम्पका कारण धेरै भौतिक क्षति भएको छ । धेरै घर तथा भौतिक संरचना भत्किएका छन् । हिजो बिहान इक्वेडरको उत्तरी पश्चिमि तटिए क्षेत्र केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
News24Nepal
