मेरो कारण डिआइजी बढुवा रोकिएको होइन : गृहमन्त्री


गृहमन्त्री वामदेव गौतमले आफ्नो कारणले डिआइजी बढुवा नरोकिएको प्रष्ट पारेका छन् । काठमाडौंमा शुक्रबार आयोजित साक्षात्कारमा मन्त्री गौतमले लोक सेवा आयोगले नयाँ नियमावलीमा उजरी गर्न पाउने प्रावधान राखेकोले समस्या भएको जिकिर गर्दै प्रहरीको सरुवा बढुवा कहिल्यै नटुङिने गौतमले बताए ।
डिआईजी बढुवाको विषयमा लोकसेवा आयोगले उजुरी गर्न पाउने सामान्य सैद्धान्तिक रुपमा नै स्थापित गरेर समस्या उत्पन्न भएको भन्दै उनले प्रहरी, अदालत र मन्त्रालय चेन अफ कमाण्डमा चल्ने भएकोले यस्तो ब्यवस्थाको कारण समस्या उत्पन्न भएको बताए । उनले प्रहरी नियमावलीमा समस्या नभएकोले संसोधन नहुने समेत स्पष्ट पारे । उनले भने –'प्रहरीलाई स्वायत्त बनाउन खोज्दा समस्या आएको हो । प्रहरी स्वायत्त हुन सक्दैन ।

,

news and entertainment