भोलि भारतीय दुतावासमा जुलुश जाने

७ असोज, भक्तपुर।

नेपाल मजदुर किसान पार्टीका भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले नेपालमा संविधान जारी पश्चात भारतको ठाडो हस्तक्षेप बढेको बताएका छन् ।

रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा बोल्दै नेपाल क्रान्तिकारी युवा संघका अध्यक्ष उकेश कवांले नेपालको सार्वभौमिकताको ख्याल नगरि नेपालको खुल्ला सिमानको फाईदा उठाएर तराईका विभिन्न जिल्लामा हत्या हिसां,लुटपाट र आगजनी गरिरहेको आरोप लगाए।

उनले भने संविधान जारीका समयमा भारतले नेपालमा आफ्नो बिशेष दुत पठाएर संविधान जारीलाई रोक्ने दबाब दिएर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै २०७२ असोज ८ गते भारतिय दुतावासमा ज्ञापन पत्र बुझाउनुका साथै हस्तक्षेपका बिरुद्ध बिरोध जुलुश गरिने बताए ।

उनले भने नेपालका दुई छिमेकी देश मध्ये दक्षिणतिरको नाका बन्दी भएता पनि उत्तरको नाकालाई खोल्न सकिए नेपाल र नेपालीका लागि सहज हुने भन्दै उत्तरको नाका खोल्न नेपाल सरकारले तत्काल कदन चाल्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लवजुले बेलायती बिरासत बोकेको भारतले नेपाललाई असल छिमेकी भन्दा पनि आफ्नो निजि बगैंचा र दमित बजारको रुपमा हेर्दै नेपालको आन्तिरिक मामलामा हस्तक्षेप स्विकार्य नभएको बताए । उनले भने भयो भारतका कामदार वर्गले नेपालीसँग दाजुभाईको सम्बन्ध विस्तार र तराईमा भएको अन्दोलनमा घुस पैठ रोक्न भारतिय प्रधानमन्त्रीले अगुवाईको भूमिका खेल्न आग्रह गरे ।

यो पनि पढ्नुहोस।

,

news and entertainment