भैरहवाको वेलहिया नाका खुलाउने विषयमा नेपाल र भारतका अधिकारीहरुबीच सहमति, भारतीय सिमामा अलपत्र मालबाहक गाडी नेपाल भित्रिदै
काठमाडौँ, १३ असोज - भैरहवाको वेलहिया नाका खुलाउने विषयमा नेपाल र भारतका अधिकारीहरुबीच सहमति भएको छ।
सुनौलीस्थित प्रहरी चौकीमा सुरु भएको छलफलमा सो सहमति भएको हो। सहमति पश्चात भारतीय सिमामा रोकिएका मालबाहक तथा पेट्रोलिमय पदार्थ बोकेका गाडी नेपाल भित्रीदै छन्। बेलहिया नाका भएर २० वटा मालबाहक गाडी नेपाल प्रवेश गरिसकेका छन्।
जसमा तीनवटा तेल ट्यांकर छन्। एक बुलेट ग्यास पनि नेपाल आएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल भित्रिने गाडीलाई सुरक्षा घरेमा राखेर सीमासम्म ल्याएको छ।
नेपालको संविधान निर्माण प्रति असन्तुष्ट बनेको भारतले केही दिनदेखि सिमानाकाबाट नेपाल भित्रने माहवाहक गाडीहरुमा रोक लगाएको थियो।
