भारतीय च्यानल बन्द भएपछि भारतीय मिडिया भन्छः चीन र पाकिस्तानको षडयन्त्र

असोज, काठमाडौं ।

भारतले गरेको अघोषित नाकाबन्दी विरुद्ध सम्पूर्ण भारतीय च्यानल बन्द गरिएपछि भारतीय मिडियामा यसको तिव्र प्रतिक्रिया देखिएको छ ।


नेपाल केवल डिस्ट्रिब्यूटर एसोसिएसनले भारतीय हस्तक्षेपविरुद्ध सम्पूर्ण च्यानलहरू अनिश्चितकाल सम्म बन्द गरेपछि भारतीय मिडियाले चीन र पाकिस्तानको षडयन्त्र भन्दै समाचार प्रकशित गरेका छन् ।


चीन र पाकिस्तानी षडयन्त्रका कारण नेपालमा भारत विरोधी गतिविधी बढेको र आज देखि भारतीय टेलिभिजन च्यानल बन्द गरिएको समाचार माध्यमहरुको टिप्पणी छ ।

भारतीय तथा हिन्दी च्यालनको साटो पाकिस्तानी र चिनियाँ च्यानल देखाइएको समेत दावी उनीहरुको छ ।



नेपालमा भारत विरोधी भावना बढेर गएको र भारतीय नम्बर प्लेटका गाडी समेत प्रतिबन्ध गरिएको भन्दै समाचारमा भारतले नेपालको आन्तरिक मामलामा गरेको हस्तक्षेपको विरुद्धमा आन्दोलन भैरहेको समेत उल्लेख छ ।

,

news and entertainment