चिनियाँ राष्ट्रपतिको भारतलाई सन्देश- नेपाललाई नहेप (भिडियो सहित)
भारतले नाकाबन्दी गरेर तनाव दिइरहेको समयमा चीन भने नेपालसँग उँभिएको छ । नाका खुलाउन प्रतिबद्धता जनाएको र नेपालीलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएको चीनका राष्ट्रपति सी जिनपिङले राष्ट्रसंघ महासभामा भाषण गर्दै भारतले नेपालमाथि गरिरहेको ब्यवहारप्रति कटाक्ष गरेका हुन् ।
भारतीय च्यानल बन्द भएपछि भारतीय मिडिया भन्छः चीन र पाकिस्तानको षडयन्त्र
राष्ट्रपती सीले नेपालमाथि भारतले गरिरहेको ब्यवहारप्रति लक्षित गर्दै ठूला राष्ट्रले साना राष्ट्रलाई हेप्न नहुने बताए । साना राष्ट्रको अस्मिता र स्वाधिनतामाथि ठूला राष्ट्रले धावा बोल्न नहुने भन्दै उनले घुमाउरो शैलीमा नेपालको समर्थन र भारतको विरोध गरे ।
राष्ट्रपति सीले यस अघि नै नेपाली जनताको दुःखमा चीनले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताइसकेका छन् ।
प्रचण्डले चिनियाँ राजदूतलाई नाका खोल्न भनेपछि…
राष्ट्रसंघ महासभामा सीले कुनै पनि ठूला र धनी देशले साना र विपन्न देशलाई सताउन नहुने तर्क गरे । जतिसुकै ठूलो देश भएपनि साना र छिमेकी देशहरुको स्वाधिनतामाथि हस्तक्षेप अस्वीकार्य हुने उनको सन्देश थियो ।
भिडियो हेर्नुस्
राष्ट्रपति सीले शितयुद्धकालीन समयको मानसिकता त्याग्न पनि देशहरुलाई आग्रह गरेका छन् ।
अमेरिकामा रहेका मोदीलाई प्रचण्डको फोन- नाकाबन्दी खुलाउन दवाव
