गुन्डा छुटाउन नेताको दबाब
गुन्डा छुटाउन नेताको दबाब
२०७२ असोज २ गते
२ असोज, काठमाडौं । व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेकालाई छुटाउन ठूला नेताहरुले समेत प्रहरीलाई दबाब दिएका छन् । एक साताअघि महानगरीय प्रहरी वृत्त महाराजगन्जले सो क्षेत्रमा व्यवसायीलाई धम्क्याएको आरोपमा पाँचजनालाई पक्राउ गरेको थियो ।
चक्रे समूहमा आबद्ध भएको गुन्डागर्दी गरेको आरोपमा प्रहरीले पर्साका कर्मा लामा, संखुवासभाका टासी ग्याल्जेन शेर्पा, धनकुटाका विकास राई भन्ने टेकबहादुर याख्वा, गोरखाका सन्तोष गुरुङ र बुढानिलकण्ठका हवल्दार भन्ने रोशन मगरलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत वृत्तले कारबाही अघि बढाएको नयाँ पत्रिकामा खबर छ । उनीहरुको मुद्दा छिटो जिल्ला प्रशासन कार्यालय बुझाउन भन्दै नेताहरुलाई दैनिकजसो प्रहरीलाई दबाब दिने गरेका छन् । ठूला पार्टीका ठूला नेताहरुले समेत गुन्डागर्दी गरेर व्यवसायी धम्क्याउने व्यक्तिलाई छुटाउन बारम्बार दबाब दिएपछि प्रहरी अधिकारीसमेत आश्चर्यमा परेका छन् ।
onlinekhabar
