चालक युवतीसँग जिस्किदाँ बस दुर्घटना, ८ को मृत्यु

चालक युवतीसँग जिस्किदाँ बस दुर्घटना, ८ को मृत्यु
  मन्थली, असोज २ ।

 रामेछापको सालुमा शुक्रबार बस सडकबाट खूदा ८ जनाको मृत्यु भएको छ । ५० भन्दा धेरै घाइते भएका छन् ।

मन्थलीबाट गोठगाउँ गइरहेको अरनिको यातायतको बस सडकबाट झन्डै सय मिटर तल खसेको हो । घाइते यात्रुका अनुसार चालकले सिट नजिकैको युवतीसँग जिस्किदैँ बस चलाएकाले दुर्घटना भएको हो । कान्तिपुर दैनिकमा खबर छ ।


यही दुर्घटनाबारे नयाँ पत्रिका दैनिकमा खबर छ– मन्थली नगरपालिका गैराथोकमा शुक्रबार बस खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ४० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये करिब २० जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा मृत्यु हुनेमा मन्थली नपा–७ की डिलमाया मगर, गोठगाउा गाविस–४ का हेमबहादुर थापा, सोही वडाका जीतजंग महत र वडा नं. ५ का भीमबहादुर बुढाथोकी छन् । दुई जनाको सनाखत हुन नसकेको रामेछापका प्रहरी निरीक्षक मख्खन यादवले जानकारी दिए । प्रहरीका अनुसार गाडीमा करिब सय जना थिए ।

मन्थलीबाट गोठगाउा गाविसको गोठपानी जादै गरेको ना ४ ख ५२४८ नम्बरको बस गैराथोकमा सडकबाट करिब १ सय ५० मिटर तल पाखोमा खसेको थियो । सालु चौकीबाट खटिएका र स्थानीयले घाइतेको तत्काल उद्धार गरेका थिए । घाइतेलाई मन्थलीबाट पुगेको एम्बुलेन्स, त्रिवेणी, हिमगंगा र अरनिको यातायात सेवा समितिका सवारी साधानले अस्पताल पुर्‍याएका थिए ।

घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पताल, रामेछाप सामुदायिक अस्पतालमा प्राथमिक उपचार भइरहेको छ । प्राथमिक उपचारपछि गम्भीर घाइते १० भन्दा बढीलाई शुक्रबार सााझ नै काठमाडौं पठाइएको छ ।

तस्बिर : नयाँ पत्रिका दैनिकबाट
khabarbani

,

news and entertainment