पहिलोपटक अमेरिका गएका चिनियाँ राष्ट्रपतिले अमेरिकासँग राखे नयाँ प्रस्ताव
सियाटल, ६ असोज । चिनियाँ राष्ट्रपति सि
जिनपिङ्ले चीन अमेरिकाबीचको नयाँ सम्बन्धमा
जोड दिनुभएको छ । उहाँले यी दुई देशबीचको समबन्ध
नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको
बताइएको छ ।
आधारित सम्बन्ध हुनुपर्नेमा जोड दिनुभएको
अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ ।
उहाँ हाल अमेरिकाको भ्रमणमा हुनुहुन्छ । उहाँले
सियाटलमा मङ्गलबार दिनुभएको भाषणमा
भन्नुभयो– अबका दिनमा यी दुई देशबीचको सम्बन्ध
समझदारीमा आधारित हुनुपर्नेछ ।
संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणको पहिलो
दिन मङ्गलबार राष्ट्रपति सिले भन्नुभयो– चीनले
कहिल्यै पनि कसैसँग द्वन्द्वात्मक एवम् विवादास्पद
सम्बन्ध चाहेको छैन, हामी सबैसँग असल सम्बन्ध
चाहन्छौँ ।
हामी अहिलेको भन्दा बढी समभ्mदारीपूर्ण सम्बन्ध
चाहन्छौँ, बेमेल एवम् अविश्वास होइन– सो भाषणका
क्रममा उहाँले भन्नुभयो ।
चीन र अमेरिकाजस्ता देशका बीचमा द्वन्द्व वा मुठभेड
भयो भने यसले यी दुईलाई मात्र नभई संसारलाई नै
अप्ठेरोमा पार्ने राष्ट्रपति सिले भन्नुभयो ।
राष्ट्रपति सिले यसै सप्ताहान्तमा अमेरिकी
राष्ट्रपति बाराक ओबामासँग वार्ता गर्नुहुने
कार्यक्रम रहेको छ । सो वार्ताका क्रममा
उहाँहरुबीच साइबर अपराधका साथै द्वीपक्षीय
व्यापारका बारेमा कुराकानी हुने बताइएको छ ।
उहाँले चीनमा अमेरिकी लगानीकर्तालाई राम्रो र
सकारात्मक वातावरण बनाउन चीन सधैँ तत्पर रहेको
भन्दै व्यापारिक सम्बन्धका क्षेत्रमा दुई देशबीचको
सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता पनि व्यक्त
गर्नुभयो ।
साइबर ह्याकिङ्का विषयमा चीन पनि शिकार नै
भइरहेको छ भन्दै यसका कारण अमेरिकासँग उत्पन्न
असहज परिस्थितिका बारेमा छलफल गर्न एक विशेष
उच्चस्तरीय संयन्त्र निर्माण गर्न चीन सदैव तयार
रहेको धारणा पनि उहाँले राख्नुभयो ।
विगतका केही समयदेखि चीन र अमेरिकाबीच साइबर
ह्याकिङ्को समस्या उत्पन्न भएको छ । यसलाई पनि
चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा
अमेरिकासँगको वार्ताको एजेण्डा बनाइएको छ ।
रासस÷एएफपी
