मक्कामा यसरि भएको थियो ४ नेपाली सहित ७ सय १७ को मृतु
२०७२- साउदी अरेबियाको मक्का शहरमा हजको तीर्थाटनमा गएका मध्ये भागदाैडका क्रममा मृत्यु हुने ७ सय १७ तीर्थ यात्रुहरुमा ४ नेपाली पनि रहेको खुलेको छ । साउदीका कार्यबाहक राजदुत आनन्दप्रसाद शर्माले टेलिफाेनमा कान्तिपुरलाई दिएकाे जानकारीअनुसार ४ जना नेपालीको पनि मृत्यु भएको छ । मृतकहरुमा पर्साका जाकिर हुसेन, बाराका इजहर मियाँ र सुलेमानियाँ छन् । तीन जनाकाे भागदाैडकाे क्रममा मृत्यु भएकाे हाे ।
सुनसरी घर भएका अर्का एक नेपालीकाे मक्कामा बसिरहेकाे स्थानमा मृत्यु भएकाे छ । उनकाे नाम खुल्न सकेको छैन । हज कमिटीका अध्यक्ष ताज माेहम्मद मियाँका अनुसार याे वर्ष नेपालबाट एक हजार भन्दा बढी नेपाली हज गर्न गएका छन् ।
प्रधानमन्त्रीद्वारा दुःख प्रकट
भागदौडका क्रममा धेरै मानिसको निधन भएकोमा प्रधानमन्त्री सुशील कोइरालाले दुख ब्यक्त गरेका छन । उनले साउदी राजा सलमानलाई एक सन्देश पठाउँदै दुख ब्यक्त गरेका हुन् ।
उक्त घट्नामा निधन भई जीवन गुमाएका तीर्थयात्रीका परिवारमा व्यक्तिगत, नेपाल सरकार र जनताको तर्फबाट गहिरो समवेदना प्रधानमन्त्रीले प्रकट गरेको उनको सचिवालयले जनाएको छ । मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै बक्तब्यमा भनेका छन, 'जीवनमा सुख,शान्ति,प्रगतिको कामना सहित समस्त इस्लाम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का-मदीनाको यात्रा गरी सन्तोष लिन प्रयासरत यात्रुहरुको निधनले आफू मर्माहत भएको छु।' साउदीमा नेपाली हरुका पनि रोजगारीका लागि गएका छन । परराष्ट्र मन्त्रालयले उक्त भागदौढमा नेपालीको अवस्थाबारेमा बुझ्ने कार्य भइरहेको बताएको छ ।
