फिचर,
समाचार
»
आइतबारबाट चीनले नेपालमा आपूर्ति गर्छ : चिनियाँ राजदूत चुन्ताई
आइतबारबाट चीनले नेपालमा आपूर्ति गर्छ : चिनियाँ राजदूत चुन्ताई
काठमाडौँ, १३ असोज । सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालनका लागि सहयोग गर्न चीनसँग आग्रह गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईलाई आज आज वाणिज्य तथा आपूर्ति मन्त्रालयमा
बोलाएर भूकम्पपछि प्रभावित भएको व्यापारलाई सहज बनाउन पहल गर्न आग्रह गर्नुभएको हो । उक्त भेटमा सचिव उपाध्ययले सीमा क्षेत्रका नाकाहरुलाई चाडो सञ्चालनमा ल्याइ व्यापारलाई सहज बनाउन अनुरोध गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजदूतसँग भएको भेटमा अत्यावश्यकीय पदार्थ आयात सहज बनाउन र भन्सार नाका शीघ्र सञ्चालन गर्न अनुरोध गरिएको छ ।” सचिव उपाध्ययले नेपालीका चाडावाड नजिकिँदै गर्दा मानवीय सामग्रीको अभाव भएको र त्यसलाई सहज बनाउन चिनियाँ पक्षलाई पहल गरिदिन अनुरोध गरिएको जानकारी दिनुभयो । जवाफमा राजदूत चुन्ताईले चाडो चीनसँगको नाका सञ्चालन गर्न आफूहरु प्रयासरत रहेको भन्दै केही दिनमै व्यापार सहज हुने विश्वास दिलाउनुभएको उहाँले बताउनुभयो । उहाँले सम्भवतः आइतबारबाट चीनले नेपालमा ढुवानी गर्ने विश्वास दिलाउनुभयो । रासस