मन्त्री मिलेन्द्रद्वारा आक्रमण गराएको बाबुरामको ओरोप
काठमाडौं, १३ असोज । एकीकृत नेकपा माओवादी पार्टीको साधारण सदस्य र व्यवस्थापिका संसदको सदस्य समेत नरहने घोषणा गरे लगत्तै मधेशी मोर्चाको आन्दोलनमा ऐक्यवद्धता जनाउन धनुषा पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुरमा लखेटेको भन्ने समाचार सत्य नभई हल्ला भएको बताएका छन् ।
तराई—मधेशका जनताले जनकपुरस्थित गोपाल धर्मशालाको आमसभामा पुष्पवृष्टिसहित भव्य स्वागत गरेको र विदाईका क्रममा पनि हात हल्लाएर सहज वातावरणमा नै विदाई गरेको डा.भट्टराईको सचिवालयले जाकारी दिएको छ । डा.भट्टराईको सचिवालयका अनुसार भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधी समर्थक लगायतका केही युवाले कार्यक्रम सम्पन्न भएपछि तोडफोड गरेको आरोप पनि लगाएको छ । मधेशी आन्दोलनकारी बाट मञ्च लोडफोड नभएको पनि डा.भट्टराईले दावी गरेका छन् ।
भट्टराईले भारत र चीन दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राखी कुनै पनि छिमेकीसँग दुश्मनी साँधेर समस्याको समाधान नहुने पनि बताएका छन् ।जनकपुर पुगेर डा.भट्टराईले समावेशी, समानुपातिक, संघीय नेपालका लागि कांग्रेस, एमाले, एमाओवादी जस्ता पुराना शक्तिहरुले नहुने भन्दै अब सबै मिलेर नयाँ शक्तिको निर्माण गर्नुपर्ने बताए ।
