नेपालमा संविधान जारी भएसँगै भारतले आफ्नो अनूकुल संविधान जारी नभएको भन्दै असन्तुष्टि जनायो । उसले असन्तुष्टि मात्रै जनाएन, नयाँ संविधानमा यो–यो विषय राख भनेर गैरकुटनीतिक तरिकाले सुझाव समेत दिने काम गर्यो । ७ बुँदे सुझावमा भारतले अंगिकृत नागरिकताको सवाललाई समेत उठाएको छ ।modi india
नयाँ संविधानको धारा २८३ मा पुर्खादेखी नै नेपालमा बस्दै आएका नागरिकले मात्रै राष्टपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख न्यायाधिस, संसद्को सभामूख, राष्टिय सभाको अध्यक्ष, राज्यको प्रमुख, मुख्यमन्त्री, लगायतका पदमा आसिन हुन पाउने उल्ल्ेख भएकोमा भारतले त्यसमा असन्तुष्टि जनाउँदै सो सुझाव दिएको हो । यस्तो व्यवस्था गरिँदा मधेसी समूदायमाथि आपत्ति हुनेभन्दै भारतले जन्म र प्राकृतिक रुपमा नेपाली रहेकाहरु सबैले यस पदमा उठ्न पाउने व्यवस्था गर्न माग गरेको गरेको बताइएको छ ।
नरेन्द्र मोदी सरकारले यस्तो गैरकुटनीतिक सुझाव दिएपनि स्वयम् मोदीले भने भारतमा कोहि पनि विदेशी प्रधानमन्त्री राष्ट्रपति हुन नपाउने भन्दै संविधानमा व्यवस्था भए विपरितै अभिव्यक्ति दिएका थिए ।
उनले भारतीय कांग्रेस आईकी नेत्री सोनिया गान्धीलाई लक्षित गर्दै सो अभिव्यक्ति दिएका थिए । सोनियाँ इटालिलयन नागरिक हुन् जो गान्धी परिवारको बुहारी बनेर भारतमा भित्रिएकी थिइन् ।
डेढ दशक अघि अर्थात १९९९ मा यस्तो अभिव्यक्ति दिँदा मोदी त्यतिबेला भारतीय जनता पार्टीका महासचिव थिए । दुई वर्षपछि सन् २००१ मा उनी मूख्यमन्त्री बने ।
भारतमा संविधानमा व्यवस्था भईकन पनि विदेशीलाई प्रधानमन्त्री बनाउन नहुने अभिव्यक्ति दिने मोदीले अहिले भने गैरजिम्मेवार ढंगले एउटा सार्वभौम मूलुकको संविधान संशोधनको घातक सुझाव दिएका हुन् । जुन सुझाव भारतीय सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।
सोनिया गान्धीप्रति नरेन्द्र मोदीले सन् १९९९ मा दिएको प्रतिक्रिया
भारतको संविधानमा यस्तो केही छैन कि विदेशी नागरिक प्रधानमन्त्री बन्न नसकोस्, फेरि सोनिया गान्धीलाई लिएर यति धेरै विवाद किन ? सोनिया गान्धी भारतको एक परिवारकी बुहारी हुन् । भारतका दुई छोराकी आमा हुन् । भारतका पूर्व प्रधानमन्त्रीकी विधवा हुन्, त्यसैले उनलाई स्वागत तथा सम्मान गर्छु ।
सोनिया गान्धीलाई लिएर मेरो मनमा कुनै द्धेष छैन् । त्यसैले उनको सन्दर्भलाई लिएर कुरा गर्नु म उचित ठान्दिन । तर यस देशले आज यो तय गर्नु जरुरी छ कि भारतजस्तो देशले उसको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख, न्यायालय प्रमुख आदि मूख्य पदमा विदेशी मुलका मानिस हुन हुन्छ वा हुदैँन ।
मलाई लाग्छ देशमा समय आयो । जब संविधान निर्माताले बनाए , त्यतिबेला कसैले सोचेनन् , जब कांग्रेसका महात्मा गान्धीले विदेशीलाई हटाउने नारा लगाएर काम गरे तब त्यही कांग्रेसले विदेशीलाई भित्र्याउने काम गर्यो । त्यो कसैले सोचेका थिएनन् । तर अब कांग्रेस अब यस्तो देखाउँदैछ कि १ सय करोड जनताको कुनै नेता छैनन् । यो देशको स्वाभिमानको सवाल हो, राजनीतिको होइन ।
जून देशले अंग्रेजलाई हटायो र स्वतन्त्र भयो, त्यो देशको आफ्नो कुनै प्रधानमन्त्री छैन ? त्यसैले स्वाभिमानको सवाल हो । सोनिया गान्धी , राजनीति वा कुनै व्यक्तिको होइन ।
दोस्रो कुरा,संविधानमै लेखिएको छ । कोही पनि व्यक्तिले कसैसँग विहे गर्नसक्छ । तर, थाहा पाएर तपाईलाई आश्चर्य लाग्ला । भारतको कुनै पनि सेनाको जवान वा कुनै पनि सेना अधिकारी वा कुनै पनि कूटनीतिक कर्मचारी विदेशी मूलका व्यक्तिसँग विहे गर्छन् भने उनीहरुले पहिले अनुमति लिनुपर्ने हुन्छ । अनुमति पाएपनि त्यसपछि उनीहरुले कुनै संवेदनशिल पोर्टफोलियो सम्हाल्न पाउँदैनन् । देशको सुरक्षाको सवाललाई लिएर उसमाथि कुनै प्रश्न नआओस् भनेर यस्तो गरिन्छ । शंका जवानको देशभक्तीप्रति होइन तर उनीहरुले विहे गरेपछि यस्तो समस्या निस्कन्छ । तपाई आफैँ सोच्नुस् एउटा जवानले विहे गरेर विदेशी ल्याउन यति समस्या हुन्छ भने एउटा विदेशीलाई प्रधानमन्त्री बनाउने र उसको सामून्ने सबै फाइल खोलिदिने विषय सुरक्षाका दृष्टिकोणले कसरी ठीक हुन्छ ?
तेस्रो कुरा ,पण्डित नेहरुको जमानामा हिन्दूस्तानमा घटना घटेको थियो । सो घटना होलकर परिवारको सम्पत्तिको उत्तराधिकारी को हुने भन्ने थियो । होलकरका राजाका दुई पत्नी थिए, एक हिन्दूस्तानी र अर्का एक विदेशी । राजाको इच्छा थियो, विदेशी पत्नीको छोराले आफ्नो सम्पत्तिको अधिकार पाओस् । तर नेहरुले निर्णय गरे हिन्दूस्तानी पत्नीतर्फका छोराले मात्रै उनको सम्पत्तिको अधिकार पाउनेछन् । विदेशी मूलकी पत्नीका छोराले त्यो अधिकार पाउँदैनन् ।
जवाफ कांग्रेसले दिनुपर्छ । सोनिया जीको देशी विदेशी मामिला कांग्रेसवालाले नै धेरै चलाउँछन् । दुनियाँको सबैभन्दा ठूलो लोकतन्त्रको प्रधानमन्त्री बन्न अनुभव पनि त चाहियो । तपाई घरमा भाँडा माझ्ने वा सफा गर्ने पिउन राख्दा पनि अनुभवको कुरा गर्नुहुन्छ । तर सोनिया गान्धीलाई हिन्दूस्तानको राजनीतिको अनुभव पनि छैन् । सोनियाले एकपटक मञ्चमा आएर बिना कागज भाषण गरेर हिन्दूस्तानको राज्यको नाम बोलेर देखाउँन् । हिन्दूस्तानका सबै राज्यको नाम ३ कक्षामा पढ्नेले पनि भन्न सक्छन् तर सोनिया इटालियन हुन् र उनले भन्न सक्दिनन् । अब यस्तो व्यक्तिलाई प्रधानमन्त्री कसरी बनाउने ?