विप्लवले रत्नपार्कबाट शक्ति देखाउने

विप्लवले रत्नपार्कबाट शक्ति देखाउने

२०७२ असोज २ गते ९:२९ मा प्रकाशित

२ असोज, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शनिबार दिउँसो रत्नपार्कबाट नयाँ संविधानको अन्तरवस्तु सार्वजनिक गर्ने भएको छ ।


संविधानसभाले ल्याएको संविधान नमान्ने भन्दै विप्लव समूहले शनिबार रत्नपार्कमा शक्ति प्रदर्शन गर्दैछ ।

‘हामी आज शक्ति प्रदर्शन गर्दैछौं, त्यहाँ महासचिव विप्लवले आफ्नोतर्फबाट संविधानका अन्तरवस्तु घोषणा गर्नुका साथै केही नयाँ योजना सार्वजनिक गर्नुहुनेछ,’ माओवादीका नेताले अनलाइनखबरसँग भने ।

शक्ति प्रदर्शनमा राजधानी आसपासबाट पनि कार्यकर्ता उतारिने नेताहरुले बताए ।

प्रचण्ड र वैद्य नेतृत्वका दुबै माओवादी समूहमा निराशा छाएकाले अब माओवादी आन्दोलनको साझा नेताका रुपमा विप्लव अघि बढ्ने सो समूहका नेताको दाबी छ ।
onlinekhabar

,

news and entertainment