राजेन्द्र महतो र जेपी गुप्ताको मोर्चा भूमिगत, भूमिगत गोइतको साथ

काठमाडौं । मधेसी दलको आन्दोलनमा जनसहभागिता कमजोर बन्दै जान थालेपछि पृथक शैली अपनाउन थालिएको छ ।




आजको तरुण साप्ताहिकमा खबर छ पूरा गर्नै नसकिने माग राखेर आन्दोलनमा जनसहभागिता कम भयो भने सरकारले थप दमन गर्ने तथा पक्राउ गरेर अन्तर्राष्ट्रिय समुदायमा प्रस्ततु गर्न सक्ने निष्कर्ष केही मधेस केन्द्रित दलहरुले निकालेका छन् ।
 गत शुक्रबार वीरगंजमा सम्पन्न मधेसकेन्द्रित समूहरुको बैठकले संविधान जारी भएपछि सरकार र राज्य सयन्त्र थप बलियो हुने तथा आन्दोलनलाइ दमन गर्न सबै उपाय अबलम्वन गर्ने निष्कर्ष निकाल्दै भूमिगत तयारी गरेको छ ।



समाचार स्रोतका अनुसार बैठकमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, मातृका यादव नेतृत्वको माओवादी पार्टी र जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस अभियानको संलग्नता थियो । यी तीनैजना पूर्वमन्त्री हुन् । बैठकमा पृथकतावादी अभियानमा लागेका जयकृष्ण गोइतको पार्टीका प्रतिनिधिको पनि सहभागिता रहेको समाचार स्रोतले जनाएको छ । उक्त बैठकले केन्द्रीय तहका नेताहरु छिट्टै भूमिगत हुने निर्णय गरेको छ ।

,

news and entertainment