​संविधान निर्माणले नेपालको शक्ति झल्किएको रुसको भनाई

असोज ६, काठमाडौं ।
संविधानसभाबाट संविधान जारी भएकोमा रुसले लामो राजनीतिक प्रक्रियाबाट सकारात्मक परिणाम भएको टिप्पणी गरेको छ । नयाँ संविधान जारीले नेपालको शक्ति झल्किएको रुसको भनाई छ । नेपालस्थित दूतवासबाट प्राप्त रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ – 'दशबर्षे शसस्त्र द्धन्दको मुख्य चरणको सफल अवतरण अर्थात शान्तिप्रक्रियाको निचोडको रुपमा यो संविधान आएको छ ।'


बिज्ञप्तिमा मौलिक ब्यवस्थाको अनुमोदन, प्रजातान्त्रिक तवरले स्विकृत स्थिरताको लागि महत्वपूर्ण रहेको पनि उल्लेख छ । सार्वभौमसत्ता सम्पन्न मुलुकको विकास र स्थायीत्वको लागि एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै रुसले नेपालको विकास प्रक्रियामा लामो समय देखिको मित्र मुलुक रुसको साथ र समर्थन सधै रहने पनि प्रतिबद्धता ब्यक्त गरेको छ ।

,

news and entertainment