दिल्लीकाे घुर्किबाट अाकाश खस्नेवाला छैनः

नेपाललार्इ तर्साएर कज्यार्इ खाने दिल्ली र त्यसका निकृष्ट दलालहरूकाे थेगाे हाे नाकाबन्दी। ९० काे दशकमा वीरेन्द्र र मरिचमानले असफल बनाएका पाैराणिक कथा सुनाएर २१ साैं सताब्दीकाे नेपाली डराउँदैन। नाकाबन्दी लगाउन दिनु पर्छ। सिमाना बन्द गर्न दिनु पर्छ। नेपालले खाेजेकाे यहि हाे।

राजनैतिक विश्लेषक -भरत दाहाल


जुन दिन यी दुर्इ कामहरू संपन्न हुन्छन्, त्याे दिन भारतीय शासक वर्गका दाँतहरूबाट पसिना निस्कन सुरू गर्छ। नेपालबाट लुटेकाे पानी राेक्नु पर्छ, त्यसपछि मध्य पश्चिमका प्रान्तहरूमा विद्राेह सुरू हुन्छ। नेपालबाट निकासि हुने धान राेक्नु पर्छ, त्यसपछि सिमावर्ति भारतीय क्षेत्रका व्यापारीहरूले मूर्दावाद भन्न सुरू गर्छन्। मधेशीहरूकाे नाम बेचि खाँदै अाएका बिहारी गुटहरूलार्इ विन्तिपत्र लेखाएकाे बदलामा भारतभरि चलेका स्वतन्त्रता अान्दाेलनलार्इ सघाउनु पर्छ, त्यसपछि त्यसकाे विखण्डन सुरू हुन्छ।

अाजकाे भूमण्डलिकृत विश्वमा केहि लछारपाटाे लगाउने छैन दिल्लीकाे घुर्किले। नयाँ व्यवस्थापन नहुँदासम्मकाे असहजताकाे प्रश्न मात्र हाे याे। नाकाबन्दीकाे ध्वाँस देखाएर तिनीहरूले राष्ट्रिय मनाेविज्ञानलार्इ दबाउन खाेजेका हुन्। श्रीलंका, मालदिभ्स र बंगलादेशमा पनि यस्तै प्रचार गरेका थिए, केहि लछारपाटाे लागेन।

गर्नु पर्ने काम एउटै छ। त्याे हाे सत्तामा बसेर भ्रष्टाचार गर्नेहरूलार्इ कठघरामा ल्याएर साे रकम विकास निर्माणमा खर्च गर्ने वातावरण बनाउनु र अन्य मित्र देशहरूसंगकाे व्यापार विस्तारलार्इ तिब्र बनाउनु। ७५ जिल्लामा अाैसत ५/५ वटा उद्याेगहरू खाेल्न बाध्य पारे मात्र पनि नेपालकाे बेराेजगारीलार्इ अाधा घटाउन सकिन्छ। यसका लागि पैसा पनि छ। श्राेतसाधनमा हामी कमजाेर छैनाैं। अबकाे युगमा कसैकाे नाकाबन्दीले अाकाश खस्छ भन्नु दासताकाे पराकाष्ठा हाे।

, ,

news and entertainment