प्रचण्डलाई हिमानीको सलाम !
भारतले नाकाबन्दी गरे त्यसको कडा प्रतिवाद गर्ने उद्घोष गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व युवराज्ञी हिमानीले सलाम गरेकी छिन् ।
प्रचण्डको सार्वजनिक रुपमा भारतको यस्तो रवैयाप्रति कडा प्रतिवाद आएपछि एक अनलाइनले राखेको समाचार आफ्नो फेसबकु पेजमा सेयर गर्दै हिमानीले यस्तो भनेकी हुन् ।
‘Hi Mani’ नाम रहेको यो पेजमा उनका फोटो र समाचारहरु सेयर भएका देखिन्छन् । त्यस्तै सार्वजनिक व्यक्तित्व भन्दै हिमानी (Himani)को नाममा अर्को फेसबुक पेज पनि संचालित छ । सो पेजलाई एक ला ८९ हजार ९ सयले लाइक गरेका छन् । तर, हिमानीका नाममा चलेका दुवै फेसबुक पेज भेरिफाइड भने छैनन् । यी फेसबुक पेजमा उनकै फोटा र गतिविधि आएका छन् । तर, उनी आफैंले चलाएकी हुन् की होइनन् भन्ने खुल्दैन ।
प्रचण्डलाई सलाम गरिएको उनको पोस्टलाई ११ हजार बढीले लाइक गरेका छन् । त्यस्तै, ७६१ जनाले सेयर गरेका छन् । हिमानीले १७ घण्टा यो स्टाटस पोस्ट गरेकी हुन् ।
