भारतीय सीमा क्षेत्रबाट नेपाल प्रहरीमाथि आक्रमण
'पारिबाट प्रहरीमाथि ढुंगामुढा र बोतल प्रहार'
दैनिक नेपाल२०७२ असोज १० गते
बिराटनगर, १० असोज । बिराटनगरको रानी भन्सार नाकामा भारतीय सीमा क्षेत्रबाट नेपाल प्रहरीमाथि आक्रमण भएको छ ।
उनीमाथि भारतबाट युवा परिचालन गरी प्रहरीमाथि आक्रमण गरेको शंका भएपछि फन्दामा परेका हुन् । भारतले अघोषित नाकाबन्दी गरिरहेको अवस्थामा मधेसी मोर्चाका नेता समेत रहेका यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताले रानीको दुई नम्बर ढाटमा धर्ना दिएका थिए ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगा पौडेलले भारतीय युवाहरुले ढुंगा तथा खाली बोतल प्रहार गरेको जानकारी दिए । उनका अनुसार ५०/६० जनाको समूहले भारतीय सीमाक्षेत्रवाट नेपाली प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । भारतीय क्षेत्रबाट भएको आक्रमणमा पाँच जना प्रहरी सामान्य घाइते भएका छन् ।
आन्दोलनकारीले भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा हानेपछि सीमा नाकामा तनाव भएको छ । भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला मधेसी मोर्चाले पनि सीमा क्षेत्रमा अवरोध स्वरुप धर्ना दिन थालेको छ ।dainiknepal
