भारतीय राजदूतले धम्क्याएपछि चीनबाट तेल ल्याउन सकिएन : बिजुक्छे

ओलीले भारतले नेपालमा गरेको नाकाबन्दी गर्नै नहुँने काम भनी टिप्पणी गरेका छन् । उनले देशको लागि लिइएको अडानबाट पछि नहट्ने बताए ।

आश्विन १४, २०७२- नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला चीनसँग तेल ल्याउने सहमति भए पनि भारतीय राजदूतले धम्क्याएपछि सहमति कार्यान्वयनमा नआएको दाबी गरेका छन् ।

‘गिरिजाप्रसाद कोइरालाको पालामा चीनसँग ५ वर्षका लागि तातोपानी नाकाबाटै नेपाललाई पेट्रोलियम पदार्थ दिनेबारेमा सहमति भएको थियो’, बिजुक्छेले भने, ‘लगत्तै भारतीय राजदूतले कोइरालालाई धम्क्याएपछि त्यो सहमति कार्यान्वयन भएन, अब त्यो सहमति कार्यान्वयनमा ल्याउन चीनसँग पहल गर्नुपर्छ ।’

एमाले अध्यक्ष केपी अाेलीसँगकाे भेटवार्तापछि बिजुक्छेले यस्ताे टिप्पणी गरेका हुन् । बिछुक्छेंलाई भेट्न ओली उनको निवास कमलविनायक पुगेका थिए ।

भेटपछि ओलीले भारतले नेपालमा गरेको नाकाबन्दी गर्नै नहुँने काम भनी टिप्पणी गरे । उनले देशको लागि लिइएको अडानबाट पछि नहट्ने बताए ।

सच्याइएकाे : यसअघि समाचारमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको भनाई एमाले अध्यक्ष ओलीको भनाई भनी भूलवश प्रकाशित भएकोमा सच्याइएको छ ।

,

news and entertainment