अाजकाे राशिफल / २०७२ चैत्र ०८ गते सोमबार

आजको पञ्चाङ्ग


वि.सं. २०७२ चैत्र ०८ गते सोमबार तदनुसार ई. सं. २०१६ मार्च २१ तारिख,

किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :— ११३६, (चिल्लाथ्व)

इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०६:१५ बजे

पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०६:२० बजे

फाल्गुन शुक्लपक्षको त्रयोदशी तिथि, दिउँसो ०१:३२ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि,

मघा नक्षत्र, दिउँसो ०२:१४ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त),

धृति योग, बिहान ०७:४१ बजेसम्म, त्यसपछि शूल योग,

तैतिल करण, दिउँसो ०१:३२ बजेसम्म त्यसपछि गर करण,

आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व,

आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : पूर्णिमा व्रत, राती भद्रा करणको समाप्तिपछि चिरदाह, पहाडी जिल्लामा होली,

भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),

१० गते : फागु पूर्णिमा, तराइमधेश क्षेत्रमा होली पर्व, नेवारी पर्व होलिपुन्हि, मन्वादि, विश्वमौसम दिवस, थकालीहरुको तोरनल पर्व, अग्निवास(होमादि),

११ गते : धूले जात्रा, वसन्तादि, तेल लगाउने र आँपको मुजुरा खाने दिन, नाला मत्स्येन्द्रनाथ स्नान, नेवारी नालान्हव, चकँयात, धुलयात, गणगौर पूजा प्रारम्भ, रुद्राभिषेक(रुद्रीपूजा), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो), दैलो राख्ने, पुराणश्रवण,

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

महत्वपूर्ण कार्य सम्पन्न हुने समय छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ ।  आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।  आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बेकारको विवादमा फँस्न सकिन्छ, बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ ।  तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

purbelinews

, ,

news and entertainment