मेष राशि
यो साता मध्यम रहे पनि कतिपय दीर्घकालिन सोचका कामना पुरा हुनेछन् । पारिवारिक जिम्मेवारी पुरा गर्न सक्षम भइने छ । थोरै भएपनि सरकारी क्षेत्रका काम पुरा हुनेछन् । भूमि, वाहन सुख मिल्ने छ । आर्थिक कारोवार सफल रहने छ । साताको सुरुमा न्यायिक कार्यमा केही उल्झन देखिने छन् । ब्यर्थका कुरामा झमेला बनिरहने छ । मार्गदर्शन गर्नेहरु भेटिने छन् । मित्रको विश्वास जितेर गरेको काम बन्ने छ । मितेरी सम्बन्धको लागि पनि समय उपयुक्त फलि रहेको छ । साना तिना कुरामा चित्त दुखाउने कुराले आफ्नो इमेज कमजोर रहला । साताको मध्यतिर धेरै विवादित कुराको अन्त्य हुनेछ । शरीरमा भने अलि बढी कस्ट हुनेछ । मानसिक रुपमा स्वस्थ बनिने छ । भाइ, मित्रको साथ पाइने छ । पारिवारिक जिम्मेवारीमा भने चुकिने छ । केही प्रतिक्षित कामना पुरा हुनेछ । लामो दुरीको यात्रा योग रहेको छ । साताको अन्त्यतिर जागीरको लागि राम्रो समय रहेको छ । अरुको मन जितेर गरीने काम बन्ने छन् । सरकारी र सामाजिक कामको लागि शुभ समय रहने छ । प्रकृतिका विपदाको अन्त्य हुनेछ । समग्रमा साता मध्यम फलि रहेको छ । साताको ०७, ०९, ११ र १३ गते विशेष रहने छन् । राशि स्वामी – मङ्गल, शुभ रंग – रातो, शुभ रत्न – मुँगा, शुभ अंक – ०१, शुभ दिशा –– पूर्व ।
वृष राशि
शुभ कार्य सम्पन्न गर्नको लागि यो साता उत्तम फल दिनेवाला छ । केही स्मरण योग्य क्षणहरु भोग्न पाइने छ । आपासी समझदारी र भाइचारा सम्बन्ध वृद्धि हुनेछ । अरुलाई ब्यवहारबाट रिझाएर काम लिन सकिने छ । साताको सुरुमा आर्थिक रुपमा सङ्कट बेहोरिने छ । केही अविश्वास युक्त कुराले शंका उब्जाउने छ, यसको निवारणको लागि आफ्नै सक्रियता रहनु आवश्यक रहने छ । कृषि तथा पशुपलन व्यवसाय फस्टाउने छ । संचार मार्गमा भने असफल भइने बेला छ । तपाई प्रति गलत बुझाइ रहने छ । तर साताको मध्यबाट धेरै काम सकारात्मक भएर जाने छन् । मित्रता दिगो रहने छ । शिक्षामा लगानी हुनेछ । खेल कुद र साहसिक कामको लागि समय उत्तम रहने छ । कार्य व्यस्तताको बिच पनि गरेको काम बन्ने छ । कतिपय विश्वास गर्न नसकिने कुरा पुरा हुँदा बेहत खुसी बनिने छ । न्यायिक काम सफल हुनेछन् । साताको अन्त्य विवाद रहित हुनेछ । दैवीय शक्तिको साथ पाइने छ । सपनाहरु विपना रुपमा परिणत हुनेछन् । परिवारको सहयोगले गर्दा सोचेका कामना पुरा हुनेछन् । विचारका कारण अरुको मत जित्न सफल भइने छ । समग्रमा साता मध्यम रहने देखिएको छ । साताको ०७, ०९, ११ र १३ गते विशेष शुभ रहलान् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ अंक – ०२, शुभ दिशा – दक्षिण ।
मिथुन राशि
यो साता सबै कामको लागि उत्तम साता ठहरिने छ । व्यवहारमा नमिलेका कुरा मिल्ने छन् । विशेष गरी व्यापारिक प्रयोजनको लागि उत्तम साता रहला । केही मानसिक र शारीरिक समस्या देखा पर्न सक्ने छ । परिवारको विवाद बाहिरसम्म पुग्न सक्ने छ । मित्रताको घेरा केही फराकिलो भएर आउला । साताको सुरुमा केही रमणीय स्थान भ्रमण गर्ने योग रहेको छ । मित्रता नया उचाईमा पुग्ने छ । व्यक्तिगत आकांक्षाले गर्दा परिवारको समस्या अरु जटिल रहन सक्ने छ । कार्य क्षेत्र विवाद रहित बन्न सक्ने छैन । तपार्इंलाई प्रयोग गरी अरुले अनुचित लाभ लिन सक्ने छन्, यसतर्फ सजग रहनु पर्नेछ । मानसिक शान्तिको अनुभूति हुनेछ । साताको मध्यतिर लामो दुरीको यात्रा सम्भव रहने देखिएको छ । बेरोजगारीको समस्या अन्त्य हुनेछ । परिवारमा शुभ काम अनुष्ठान सम्पन्न हुनेछन् । नकारात्मक कुराको अन्त्य गर्नको लागि परिवारका अन्य सदस्यको साथ जरुरी रहेको छ । शैक्षिक क्षेत्रमा लगानी होला । साताको अन्त्यतिर अचानक यात्रा हुनेछ । समग्रमा साताको ०७, १०, ११ र १२ गते विशेष गरी लाभदायक रहने छन् । राशि स्वामी – बुध, शुभ रत्न – पन्ना, शुभ रंग – हरियो, शुभ अंक – ०३, शुभ दिशा – पश्चिम ।
कर्कट राशि
कर्कट राशिको लागि यो साता विशेष लाभदायक रहने छ । सोचेका तर अधुरा कामहरु पुरा हुनेछन् । शैक्षिक क्षेत्रकालागि केही राम्रा आवसर हात लाग्ने छ । यो साता मेसिनरी बस्तुको प्रयोगमा विशेष सावधान रहनु पर्ने देखिएको छ । हार्डवेयर सम्बन्धी ब्यापार सोचेको परिणाम दिन असफल रहला । आफ्ना व्यक्तिगत बाध्यताका कारण पारिवारिक सम्बन्धमा भने हानी हुनेछ । साताको सुरुको चरणमा तपाईंको मान हानी हुने समय रहेको छ । कतिपय झुठा आरोप मुद्दा लाग्न सक्ने छन् । मित्रता कमजोर मोडमा पुग्ने छ । तपार्इंको आर्थिक क्षेत्र विशेष लाभ दिने वाला रहने छ । साहित्यिक र कलात्मक विषयमा तपार्इंको रुचि हुनेछ । परिवारको विवादको फाइदा छिमेकीले लिने छन् । तपार्इंको मुखबाट केही असोचनीय वचन निस्कन सक्ने छ, यसले प्रतिस्ठामा हानी गर्नेछ । साताको मध्यतिर तपार्इंको विचारसँग असहमत हुनेहरुसँग वैचारिक संघर्ष हुनेछ । अचानक यात्राको लागि निस्कनु पर्ने हुनेछ । मेला मौका देखिने अनिश्चयताको सिकार बनिने छ । निर्णयमा चुक्नु तपार्इंको ठूलो कमजोरी रहने छ । हातमा आइसकेको अवसर गुमाउनु पर्ने हुनेछ । साताको अन्त्यमा कार्य क्षेत्र विशेष रहने छ। तर्कमा अरुलाई कमजोर गर्न समेत पछिपरिने छैन । समयको सदुपयोगबाट विशेष लाभ लिन सकिनेछ । समग्रमा साताको ०८, ०९, १२ र १३ गते विशेष लाभदायक दिन बन्ने छन् । राशि स्वामी – चन्द्रमा, शुभ रंग – सेतो, शुभ रत्न – मोती, शुभ दिशा – उत्तर, शुभ अङ्क – ०४ ।
सिंह राशि
व्यक्तिगत आकांक्षा पुरा नहुँदा परिवारमा झमेला हुनेछ । तपार्इंको विचार र व्यवहारले गर्दा अरुको मन जित्न सफल भइने छ । परदेशको बास हुनेछ । आफ्ना साना कमजोरीको फाइदा अरुले लिने छन् । गुण र दोषको हिसाबले आलोचना र प्रसंशा हुनेछ । साताको सुरुको चरण केही आस लाग्दो रहने छ । पारिवारिक जिम्मेवारी पुरा गर्ने सफल भइने छ । घरायसी कामको लागि उत्तम रहने छ । समाजमा भएका विकृति र विसंगतिको विरुद्धमा आवाज निकाल्न कति पनि पछिपरिने छैन । आफ्ना साना बाध्यताले गर्दा कसैको लागि राम्रो गर्नबाट चुकिने छ । साताको मध्यतिर घरमा शुभ काम सम्पन्न हुनेछन् । पारिवारिक विवादहरुको अन्त्य भएसँगै नयाँ कामको लागि ढोका खुल्ने छ । विश्वासपात्र व्यक्तिको साथ पाइने छ । इच्छित कार्य सिद्ध हुने ग्रह योग रहेको छ । साताको अन्त्य ब्यर्थका कुरामा झमेला हुने र हातमा आइसकेको अवसर गुम्ने देखिएको छ । कार्य व्यस्तताले गर्दा मित्रको साथ रहन असमर्थ भइने छ । राजनीति र सामाजिक कामको लागि उत्तम समय रहेको छ । ढिलै भएपनि सोचेका काम सम्पन्न हुनेछन् । समग्रमा साता मध्यम फलि रहेको छ । साताको ०७, ०९, ११ र १३ गते विशेष लाभ प्रदान गर्नेवाला रहेका छन् । राशि स्वामी – सूर्य, शुभ रंग – रातो, शुभ रत्न – माणिक्य, शुभ अंक – ०१, शुभ दिशा – पूर्व ।
कन्या राशि
अरुको भरमा बस्दा आउने कुरा पनि गुम्न सक्ने छ । पारिवारिक जिम्मेवारीमा चुकिने छ । बोलीले विवादित बनाउन सक्ने छ । स्वास्थ्य सम्बन्धी प्रतिकुलता पुन प्रकट हुनेछ । प्राकृतिक विपदाको सामना गर्न सफल भइने छ । तपार्इंको हित चाहनेहरु कमजोर पर्ने छन् । साताको सुरुको चरणमा मानसिक अशान्ति हुनेछ । हित चिन्तकका कुराप्रति पनि विश्वास नहुन सक्छ । शैक्षिक क्षेत्रमा भने राम्रा अवसर हात पर्ने छन् । अरुलाई पर्दा आफू पनि उत्तिकै जिम्मेवार हुन सके आफ्नो कार्यमा अरुको स्वतः सहयोग पाइने छ । साताको मध्यमा बहुआयामिक काम सिद्ध हुनेछन् । भगवत कृपा बनिरहने छ । आफ्ना अफ्ठ्याराहरुको साथ पनि मित्रको सहयोग जारी रहने छ । भेटघाट र भलाकुसारीले सकारात्मक संचार प्रदान गर्नेछ । लामो दुरीको यात्रा योग रहेको छ । साताको अन्त्य धेरै कार्य अधुरा रहलान् । माता, पिताको साथ र आशीर्वाद बनिरहने छ । जीवनको महत्वपूर्ण उर्जा ग्रहण गर्न सफल भइने छ । विवादको अन्त्यको लागि तपार्इंको भूमिका उँचा रहने छ । समग्रमा साता उत्तम रहने छ । साताको ०७, १०, ११ र १२ गते विशेष रहने छन् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ अंक – ०६, शुभ रत्न – पन्ना, शुभ दिशा – दक्षिण ।
तुला राशि
सूर्य ग्रहको नकारात्मक उर्जाका कारण शरीरमा घात होला । स्वास्थ्य सम्बन्धी बाधा रहने छ । शरीरमा आलस्यता बनिरहने छ । इच्छाएको ब्यक्ति असहयोगी बनेर आउला । तपार्इंको हित चाहनेहरु कमजोर बन्न सक्ने छन् । तपार्इंको व्यक्तित्व माथि अनावश्यक विवाद आउन सक्ने छ । नित्य कार्यमा परिवर्तन आउने र सोचेको काम अधुरै रहने समय रहेको छ । तपार्इंको प्रगति मार्गमा अरु नयाँ अवसर हात लाग्ने छन् । साताको सुरुको तुलनामा साताको मध्य र अन्त्य सुखद हुनेछन् । आफ्ना कमजोरीबाट अरुले फाइदा उठाउने छन् । यात्रा असफल रहला । कृषि तथा पशुपालन व्यवसायबाट सोचेको भन्दा कमजोर परिणाम हात लाग्ने छ। विवेककको कमिले कार्य क्षेत्रमा विवाद हुनेछ । तपार्इंको शैक्षिक क्षेत्र प्रति अरुचि हुनेछ । तपार्इंको मातहतका सबै काम आम्शिक मात्र पुरा हुनेछन् । बेरोजगारीको समस्या अन्त्य हुनेछ । साताको अन्त्य सबै कुराको सिद्धिको लागि उत्तम रहेको छ । मानवीय कार्यमा रुची हुनेछ । बोलेको कुरा पुरा नहुँदा काम गर्न अलि गाह्रो हुनेछ । तर परिवारमा नयाँ काम सम्पन्न हुनेछन् । सिमित साधनको प्रयोगबाट ठूलो प्रतिफल पाइने छ । समग्रमा साता मध्यम फलि रहने देखिएको छ । साताको ०७, १०, ११र १३ गते शुभ फलि रहने छन् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ अंक – ०७ शुभ दिशा – पश्चिम ।
वृश्चिक राशि
तपार्इंको यो साता केही पाइने र केही गुमाउनु पर्ने हुनेछ । परिवारको माया र सहयोग पाइने छ । ढिलो गरी कामहरु सम्पन्न हुनेछन् । व्यक्तिगत टकरावको अन्त्य हुने र समझदारी बढ्ने छ । शिक्षामा लगानी हुनेछ । बोली र व्यवहारमा एकरुपता आउने छ । लामो समयबाट हुन नसकेका काम हुनेछन् । कार्य क्षेत्रमा व्यस्तता आउने र श्रम अनुसारको दाम पाइने समय छ । साताको सुरुमा भागदौड पश्चात मात्र कार्य सिद्ध हुनेछ । आफ्ना कमिकमजोरी सुधार गर्दै लानाले गुप्त शत्रु नासिने छन् । तपार्इंको प्रगती मार्गमा कसैको आगमनले सुनमा सुगन्ध मिसिने छ । भविष्यप्रतिको सकारात्मक सोचेले तपार्इंलाई थप उत्साहित बनाउने छ । भोलिको लागि केही राम्रो गर्ने सोच राखेर योजना बनाइने छ । साताको मध्य धेरै उपलब्धि कारक बन्ने छ । तर आर्थिक कार्यको लागि भने अनुपयुक्त रहला । ब्यापार, ब्यवसायबाट सोचेको प्रतिफल प्राप्त गर्न अलि गाह्रो हुनेछ । साताको अन्त्य परीक्षा, प्रतियोगिताको परिणामले उत्साहित बनिने छ । वैमनस्यता अन्त्यसँगै नयाँ रुपमा अघि बढ्ने मार्ग खुल्ने छ । समग्रमा साता मिस्रित फलि रहने देखिएको छ । साताको ०७, ०९, ११ र १३ गते विशेष फलि रहलान् । राशि स्वामी – मंगल, शुभ रंग –रातो, शुभ अंक – ०१, शुभ रत्न – मुँगा, शुभ दिशा – उत्तर
धनु राशि
नैतिकताको प्रश्नमा तल परिने बेला रहेको छ । आर्थिक पक्ष सवल रहने छ। आत्मियजन टाढा रहने छन् । केही सार्थक विषयप्रति तपार्इंको ध्यान जानेछ । सामुदायिक कामको लागि तपाईंले लिएको निर्णय विशेष रहने छ । सिमित भएपनि सोचेका कामना पुरा हुनेछन् । शिक्षित व्यक्तिको साथ पाइने छ । घरमा विद्वानजनको आगमन हुनेछ । साताको सुरुको चरण विशेष रहने छ। केही रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ । तपार्इंको हित चाहनेहरु कमजोर पर्नेछन् । तर विचारले गर्दा आफ्नो विजय भने सुनिश्चित रहने योग रहेको छ । निश्चित कामना पुरा हुनेछन् । मित्रको साथले गर्दा नसोचेका काम पुरा गर्न सफल भइने छ । गुमेको धन पाइने छ । साताको मध्य भागमा राम्रा योजनाहरु बन्ने छन् । परीक्षा, प्रतियोगीताको परिणाम शुभ रहने छ । कसैको दवावमा काम गर्नु पर्नेछ तर प्रतिफल राम्रो आउने छ । अनुमानित कुरा पुरा भएर आउने छन् । न्यायायिक कामको लागि उत्तम समय रहेको छ । साताको अन्त्य विशेष रहेपनि सौखिन कार्यमा अधिक धन खर्च हुने योग रहेको छ । रमाइला प्रसङ्गमा रम्ने र कसैको लागि खर्च गरिने समय रहेको छ । बोली, वचनले अरुलाई आकर्षण गर्न सफल भइने छ । समग्रमा साता मध्यम रहेको छ । साताको ०७, १०, १२ र १३ गते विशेष रहने छन् । राशि स्वामी – बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न –पुस्पराज, शुभ अंक – ०४ शुभ दिशा – पूर्व ।
मकर राशि
अपरिचित व्यक्ति सहयोगी भएर आउने छन् । मित्रताको नयाँ बन्धनमा बाँधिने समय रहेको छ । तपार्इंको प्रगतिलाई देखेर डाहा गर्नेहरु भेटिने छन् । मौकामा गरेको कामले उचित नतिजा प्राप्त हुनेछ । सृजनसिल कामको लागि राम्रो वातावरण बन्ने छ । प्रगतिको लागि आपसी मेलमिलाप पहिलो सर्त रहने छ । मौकाको सदुपयोग गर्नको लागि परिवारमा सबैको साथ जरुरी रहने छ । ब्यापारको लागि समय उत्तम रहेको छ । केही साना तिना कुराको लागि वादविवाद बन्न सक्ने छ । आर्थिक लेनदेनमा घाटा हुनेछ । साताको प्रारम्भ प्रगति दिनेवाला छ । मित्रता अरु उपलब्धियुक्त रहने छ । कार्य क्षेत्र लाभ प्रदान गर्ने वाला रहेको छ । इमान्दारिताको कदर हुनेछ । कला र खेलकुद क्षेत्रमा गरेको लगानी विशेष लाभदायक बन्ने छ । साताको मध्यमा झुठा आरोप लाग्लान् । ब्यापार घाटा खानु पर्ने हुनेछ । नैतिक पक्षमा भने दाग लाग्न सक्ने छ । साताको अन्त्यमा अचल सम्पत्ति सम्बन्धी बाधा आइलाग्लान् । भोलिको लागि गरेका धेरै कुराको राम्रो सङ्केत आउने छ । समग्रमा साता मध्यम फलि रहने छ । साताको ०८, ०९, १० र १२ गते विशेष लाभ दायक रहलान् । राशि स्वामी – शनि, शुभ रत्न – निलम, शुभ रङ्ग – कालो, शुभ अंक –०७, शुभ दिशा – दक्षिण ।
कुम्भ राशि
यो साता सबैको हित हुने कामको लागि शुभ रहेको छ । आफ्नो भन्दा अरुको विशेष गरी दीन, दुःखीको सेवामा लागेको खण्डमा लाभ हुनेछ । बोली र वचनको संयोगद्वारा अरुलाई आकर्षण गर्न सफल भइने छ । केही साना कुराले मानसिक अशान्ति प्रदान गर्नेछ । माया, पिरतीका कुरामा अल्झेर केही नकारात्मक कुरामा लाग्ने स्थिति आउन सक्छ सावधान रहनु होला । रमणीय स्थान भ्रमण हुने योग छ । व्यक्तिगत चुनौतीको सामना गर्न सफल भइने छ । साताको सुरुको तुलनामा साताको मध्य र अन्त्य अझ प्रगतियुक्त रहला । जिम्मेवारीले गर्दा तपार्इंलाई अरु ब्यवहारिक बनाउने छ । विवादित कुराको अन्त्य हुनेछ । भविष्यको बारेमा सोच राखेर चिन्तित बनिने छ । कला र साहित्यको लागि विशेष लागिपरिने छ । कार्य क्षेत्र अरु प्रगतियुक्त रहने छ । सिमित कामको लागि तपार्इंले अधिक व्यय गर्नु पर्ने हुनेछ । लामो दुरीको यात्रा कस्टकर हुनेछ । साताको अन्त्य केही उल्झन दिनेवाला रहे पनि ढिलो गरी काम भने सम्पन्न हुनेछन् । समग्रमा यो साता मिश्रित फलि रहने देखिएको छ । साताको ०७, १०, ११ र १३ गते विशेष दिन रहने छन् । राशि स्वामी – शनि, शुभ रत्न – निलम, शुभ रंग – कालो, शुभ अंक – ०७, शुभ दिशा – दक्षिण ।
मिन राशि
बेलैमा होस् पुर्याएर गरेका काम सफल हुनेछन् । तात्विक रुपमा तपार्इंको यो साता विशेष रहेन छ । लामो समयबाट रोक्किएका काम सम्पन्न हुनेछन् । केही गरी अरुले गरेको काममा सहयोग गर्न सके विशेष लाभ हुनेछ । कार्य क्षेत्र केही विवादित रहने छ । अरुको लागि गरीने सहयोगबाट विशेष लाभ हुनेछ । बोलीको भरमा धेरै काम सम्पन्न हुनेछन् । अपरिचितको सहयोगबाट नसोचेको काम बन्ने छ । साताको सुरुमा निकै दीर्घलाकालिन खालका काम बन्ने छन् । घरमा शुभ कामको लागि समय उत्तम रहेको छ । साताको मध्यतिर तपार्इंको हित चाहनेहरु बढ्ने छन् । सामाजिक विषयले राम्रा अवसर प्रदान गर्ने छन् । सन्तान मार्गबाट लाभ हुनेछ । सिमित कामको लागि व्यर्थको लगानी हुनेछ । इमान्दार कोसिसले सफल बनाउने छ । साताको अन्त्य स्मरणयोग्य रहने छ । परिवारमा शुभ काम सम्पन्न हुनेछन् । राजनीति र सामाजिक काम विशेष फलि रहने छ । भोलिको लागि संचित गर्न गरिने प्रयास सफल हुनेछ । समग्रमा साता मध्यम रहने देखिएको छ । साताको ०७, ०८, ११ र १२ गते विशेष दिन रहने छन् । राशि स्वामी –बृहस्पति, शुभ रङ्ग – पहेँलो, शुभ रत्न – पुष्पराज, शुभ अंक – ०४, शुभ दिशा – उत्तर ।
aajakokhabar
साप्ताहिक राशिफल [चैत्र ०७ गते आइतवारदेखि चैत्र १३ गते शनिवारसम्म]
news and entertainment