मुम्बई । बलिउड अभिनेत्री अर्शी खानले अपत्यारिलो दाबी गरेकी छिन् ।
उनले आफ्नो पेटमा पाकिस्तानी क्रिकेट टिमका कप्तान शहिद अफ्रिदीको बच्चा रहेको दाबी गरेकी हुन् । भारतमा जारी टि–२० क्रिकेट कप अन्तर्गत बुधबारको खेलमा बंगलादेशविरुद्ध उत्कृष्ट खेलेर चर्चामा आएका शहिदलाई उनले आफ्नो पेटमा रहेको बच्चाको बाबु बनाएकी हुन् ।
आर्शीले अफ्रिदीसँग यौनसम्बन्ध राखेको कुरा यसअघि नै खुलासा गरिसकेकी छिन् । समाचार अनुसार उनीहरुबीच क्रिकेट प्रतियोगिताका दौरान यौनसम्बन्ध भएको आर्शीले बताएकी थिइन् ।
बुधबारै सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै उनले आफू शहिदको बच्चाको आमा बन्न लागेको उल्लेख गरेकी छिन् ।
‘म अर्शी खान हुँ र अहिले कलकत्तामा छु । मानिसहरु भनिरहेका छन् कि म शहिद अफ्रिदीको बच्चाकी आमा बन्दैछु । यो कुरा सत्य हो म शहिद अफ्रिदीको बच्चाकी आमा बन्दैछु । मेरो गर्भमा तीन महिनाको बच्चा हुर्किरहेको छ । म आमा बन्ने भएपछि मेरी आमा र शहिद दुवै निकै खुशी छन् ।’ उनले भिडियोमा भनेकी छिन् ।
dainiknepal
भारतीय हिरोइनको गर्भमा पाकिस्तानी क्रिकेटरको बच्चा !
news and entertainment